Jilla Ban Notis

सबल बहुउद्धेश्यीय सहकारी संस्थाको समुद्घाटन गरीयो ।

0 70

कृष्ण ढकाल
बर्दघाट,माघ–३
बर्दघाट नगरपालिका वडा नंं. १० मा आजवाट औपचारीक रुपमा सबल बहुउद्धेश्यीय सहकारी संस्था संचालनमा आएको छ । संस्थाका संस्थापक अध्यक्ष गोविन्द प्रसाद पौडेल उक्त संस्थाको आज औपचारीक समुद्घाटन गर्नु भएकोछ ।

शेयर सदस्यहरुको ब्यवसायीक अभियानमा सबल ब्यवसायिक सहकारी भन्ने मुल नाराका साथ स्थापना गरीएको सबल बहुउद्धेश्यीय सहकारी संस्थाले आगामी दिनमा शेयर सदस्यहरुको ब्यवसायलाई प्रवद्र्धन गर्ने रणनीतीका साथ संस्थाको स्थापना गरीएको संस्थाका सचिव रामजी चापागाईले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका वडा नं. ८,९ र १० लाई मात्र हाल कार्यक्षेत्र बनाएर शुरु गरीएको यस संस्थामा अहिले शुरुमा १ सय १ जना शेयर सदस्य रहेको बताईएको छ ।
कुल १ करोड शेयर रकम रहेको उक्त संस्थाले अहिले कसैलाई पनि ऋण लगानी गर्न शुरु गरी नसकेको र संस्थाको करिव १० लाख बरावरको सम्पति रहेको संस्थाका सचिव चापागाईले बताउनु भएको छ ।

गत पौष महिनामा मात्र विधिवत रुपमा दर्ता भएर आजवाट संस्थाको कार्यालयको समुद्घाटन गरेको यस संस्थाले आगामि दिनमा साथी स्मार्ट ब्यवसाय संचालन गर्ने तयारीमा रहेको संस्थाका अध्यक्ष गोविन्द प्रसाद पौडेलले बताउनु भएको छ ।
स्थानिय जनताहरुलाई सहज वातावरणमा सर्वसुलभ तरीकाले गुणस्तरीय दैनिक घरयासीका सामानहरु सुपथ मुल्यमा उपलब्ध गराउनेगरी साथी स्मार्ट ब्यवसाय संचालन गर्ने तयारीमा जुटेको अध्यक्ष पौडेलले बताउनु भएको छ ।

छरीएर रहेको रकमलाई संकन तथा परिचालन गरी ब्यवसायिक कर्जा उपलब्ध गराएर आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्नेगरी संस्था संचालन गर्ने सोंचमा रहेको संस्थाका ब्यवस्थापक होमराज कुवंरले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.