Jilla Ban Notis

यस्तो रहेछ सुनवलको बोयर बोका काण्ड

0 65

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१
सुनवल नगरपालिका वडा नम्वर १३ का बाख्रा पालक कृषकहरुको सुविद्याका लागि सुनवल नगरपालिकाले अस्ट्रेलीयावाट खरीद गरी ल्याएको बोयर जातको बोका दशैंमा काटेर खाएको बिषयले यतिवेला जताततै खेल्ला बैला मच्चीएको छ । त्यतिमात्र हैन सुनवल नगरपालिकामा क्षतीपूर्ति असुल उपर गर्नभनी निवेदन समेत परेको बुझिएको छ ।

सुनवल नगरपालिका वडा नम्वर १३ दुर्गाटोलका बाख्रापालक किसानहरुको सुविद्याका लागि उक्त बोयर जातको बिउ बोका गत चारवर्ष पहिले सुनवल नगरपालिकाले खरीद गरी दिएको थियो । स्थानिय गंगाराम गैरेले पालिरहेको उक्त बोयर जातको बोका अहिले प्यारालाईसिसको बिरामी भएको र त्यसवाट कुनै काम लिन नसकिने भएका कारण काटेर खानदिईएको सुनवल नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले गाउँले दर्पण अनलाईनलाई बताउनु भएको छ ।

नगरपालिकाले ल्याएको उक्त बोयर जातको बिउ बोका गत २ वर्ष पहिले पहिलो पटक र गत वर्ष दोस्रो पटक विरामी हुदां जनतेन बचाएको वडाध्यक्ष देवकोटाले बताउनु भएको छ । अहिले फेरी प्यारालाईसिस भएकाले त्यसवाट उत्पादन लिन नसकिने अवस्था आएपछि पटक–पटक नगरपालिकाका पशुसेवा प्राविधिक ,नगर प्रमुख तथा उप प्रमुख र वडाध्यक्ष स्वयम आफु समेतको छलफलवाट उक्त बोयर जातको विउ बोका काट्ने अनुमति दिईएको देवकोटाले बताउनु भएको छ ।
अहिले दर्शैमा काटेर खाएको उक्त बोयर बोकाको सट्टा अर्थात सोधभर्ना वापत सोही बोकावाट उत्पादित अर्काे बोका गंगाराम गैरेले दिने सहमति समेत भएको वडाध्यक्ष देवकोटाले बताउनु भएको छ ।
अहिले काटेर खाएको बोका १९ किलोको रहेको र सोधभर्ना वापत दिने बोका ४७ किलोको रहेको समेत देवकोटाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.