Jilla Ban Notis

लुम्बिनी प्रदेशमा विशेष अधिवेशनको माग

संसद सचिवालयमा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता

0 69

बुटवल,साउन–१९
लुम्बिनी प्रदेशमा विशेष अधिवेशनको मागगर्दे लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन। मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका लागि निवेदन दिएका छन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका छन। उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध संसद सचिवालयमा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध स्सद सचिवालयमा तेस्रो पटकअविश्वासको प्रस्ताव दर्ता गरिएको छ । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी गठबन्धनका तर्फबाट सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लिखित निवेदन पेस गरिएको थियो, जसमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरिएको थियो ।

तर, संविधानतः प्रदेश प्रमुखबाट त्यसरी सोझै सरकार गठनका लागि आह्वान गर्न नमिल्ने भएका कारण विपक्षी गठबन्धनले प्रदेशसभामा सरकारमाथि अविश्वासको प्रस्ताव पारित गराएर निकास खोज्ने बाटो अवलम्बन गर्न थालेको छ । @नागरीक अनलाईन

Leave A Reply

Your email address will not be published.