माघ -२२
उद्योग व्यापार संघ बर्दघाट द्धारा आयोजना गरिएको प्रथम बर्दघाट एक्सपो २०८२ मा विविध शैक्षिक कृयाकलाप अन्र्तगत आयोजित नगरभित्रका माध्यमिक विद्यालय स्तरिय विज्ञान प्रर्दशनी प्रतियोगितामा ३ विद्यालयका प्रतियोगि सहूहले सहभागिता जनाएका छन । जसमध्य राजा माहात्मा पूर्ण भद्र माध्यमिक विद्यालय, शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय, तथा दाऊन्ने देवी माध्यमिक विद्यालय सहभागि भएका थिए । सहभागिहरुले आ.आफ्ना क्षमता आफ्नो तयार गरेका समाग्रिबाट प्रर्दशन गरिरहेका थिए । जस मध्ये दाऊन्ने देवी माध्यमिक विद्यालयका विद्यार्थी समूहले तयार पारेका स्मार्ट सिटी अवधारणाको प्रोजेक्ट वर्क प्रथम हुन सफल भएको छ । त्यस्तै कार्यक्रममा शान्ति निकुञ्ज रेवती गौमाता गौतमा माध्यमिक विद्यालय र राजा माहात्मा पूर्णभद्र माध्यमिक विद्यालय द्धितिय भएका छन ।
प्रतियोगितामा प्रथमहुने विद्यालयले नगद रु बिस हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै द्धितियहुने विद्यालयहरु शान्ति निकुञ्ज रवतीगौमाता गौतम माध्यमिक विद्यालय र राजा माहात्मापूर्णभद्र माध्यमिक विद्यालयले नगद रु बाहहजार पाँचसय रुपैया, प्रमाणपत्र प्राप्त गरेका छन ।
विद्यार्थीको अभिरुचि र समयको मागलाई मध्यनजर गर्दै गरिएको विज्ञान प्रर्दशनीले विद्यार्थीमा भएका अन्र्तनिहित प्रतिभा प्रस्फुटन हुने एक्सपोका शिक्षा उपसमिति संयोजक केशव बस्यालले बताऊनुभयो । संयोजक बस्यालले एक्सपोमा आऊने विद्यार्थीहरुको रुचिको विषयमध्ये एक बनेको विज्ञान प्रर्दशनीले विद्यार्थीहरुलाई पनि केहि गर्न सकिन्छ भन्ने थप उर्जा मिल्ने उद्देश्य अनुरुप यस कार्यक्रमको एक्सपोमा आयोजना गरिएको बताऊनुभयो ।
कार्यक्रममा निर्णायकको भूमिकाको संयोजकमा कमल प्रसाद अर्याल, सदस्य तारा पन्थ, सदस्य किशोर पन्थी रहनुभयोको थियो । कार्यक्रममा शिक्षा उपसमिति सदस्य बलराम भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
