कृष्ण ढकाल
बर्दघाट,माघ–१३
बर्दघाट नपालिकामा ३ हजार २ सय जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि .भि .खोप लागाईने भएको छ ।
नेपाल सरकारले यहि माघ २२ गते देखि नेपाल अधिराज्य भरि अभियान स्वरुप सुरु गर्न लागेको बर्ष १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ मा बर्दघाट नगरपालिकामा ३ हजार २ सय जना किशोरीहरुले एच.पि.भ .खोप लगाउने भएका छन् ।
बर्दघाट नगरपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं बर्दघाट नगरपालिका का नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षयतामा आज नगरपालिकाको सभाहलमा भएको पाठेघरको बर्दघाट नगरपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीको लागि अभिमुखिकरण तथा पत्रकार एवं संचारकर्मीहरु विच अन्तरक्रिया गोष्ठीमा उक्त जानकारी गराईएको थियो ।
बर्दघाट नगरपालिका भित्र रहेका सामुदायिक,निजी र धार्मिक लगायतका सम्पुर्ण विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखी १० कक्षा सम्मका र विद्यालय बाहिर रहेका बर्ष १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई यहि माघ २२ गतेबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि.खोप लगाईने बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधब ज्ञवालीले कार्यक्रममा जानकारी गराउनु भएको छ।
बर्दघाट नगरमा यहि माघ २२ गतेदेखि शुरु हुने किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ का लागि नगरमा ३८ वटा केन्द्रहरु निर्धारण गरीएको कार्यक्रममा जानकारी गराईएको थियो ।
नि.मा.बी. र मा.बि.हरुमा केन्द्र रहनेगरी अभियानको सबै तयारी पुरा गरीएको र खोपलाई वडा नं. ५ मा रहेको माकर स्वास्थ्य चौकीमा भण्डारणका लागि उपयुक्त रहेकाले त्यही ब्यवस्थापन गरीएको बताईएको छ । अहिले नेपाल सरकारले प्रदान गर्ने एच.पि .भि .खोपको मुल्य करिव ६ हजार रुपैया बरावरको रहेको समेत जानकारी गराइएको थियो ।
नेपालमा हरेक बर्ष २ हजार १ सय ६९ जना महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट संक्रमीत हुने र हरेक बर्ष १ हजार ३ सय १३ जना महिलाहरु यो रोगको कारणले मृत्यु हुने गरेको तथ्याङक प्रस्तुगर्दै जनस्वास्थ्य अधिकृत ज्ञवालीले नगरका सबै नगरवासीहरु समक्ष किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ का वारेमा जानकारी गराउका लागि पत्रकारहरु र जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो ।
बर्दघाट नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल लगाएत वडाध्यक्षहरु ,कार्यपालिका सदस्य तथा संचारकर्मीहरु सहभागि अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सरकारले सञ्चालन गरेको किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ लाई सबैले आ–आफ्नो क्षेत्रवाट लागेर सहयोग गर्न आग्रह गर्नु भएको थियो ।