sunwal

प्रदेशका योजनाहरुले अब गतिलिन्छ ः कार्यवहाक मुख्यमन्त्री ढकाल

381

कृष्ण ढकाल
बर्दघाट,कार्तिक –२६
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक पुर्वधार विकास कार्यालय स्थापना गरेको गरेको छ। जिल्ला समन्वयन समितिको रामग्राम–४ मा निमार्ण भएको नवनिर्मित भवनमा आज अर्थात सोमबार लुम्बिनी प्रदेशका कार्यवहाक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले उक्त कार्यालयको एक कार्यक्रमका विच समुद्घाटन गर्नुभएको छ ।
कार्यलय शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री ढकालले पश्चिम नवलपरासी जिल्लामा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै ढिलासुस्ती भएका , बन्ने क्रममा रहेका र योजनामा परेका सबै सडक तथा पुलहरुको निर्माण कार्यमा तिव्रता आउने बताउनुभएको थियो । मन्त्री ढकालले जनताका कुनै पनि गुनासाहरु नआउने गरी कार्यालयवाट सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

कार्यक्रमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु ) ले कार्यलय स्थापनासंगै अव जिल्लाका विकास निमार्णका कामहरुले गतिलिने बताउनु भउनु भएको थियो । त्यसैगरी पूर्व पर्यटन मन्त्री खड्ग बस्नेतले अब देखि जिल्लाका प्रदेश अन्र्तगतका योजनाहरुका लागि अन्यत्रजानु पर्ने समस्याको समाधान भएको बताउनु भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद बैजनाथ जैसवाल,मन्त्रालयका सचीव भिमार्जुन आचार्य, जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादव , रामग्राम नगरपालिका प्रमुख धनपत यादव , उपप्रमुख सम्झना चौधरी,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिका अध्यक्ष सुखाडि चौधरी,बर्दघाट नगरपालिका उपप्रमुख रुद्रप्रकाश उपाध्याय लगायतको उपस्थिति रहेको थियो।
सडक पुर्वधार विकास कार्यालय नवलपरासीमा अहिले ईजिनियर जितेन्द्र रायमाझि प्रमुख रहेने गरी १३ जना कर्मचारीलाई खटाईएको छ । अहिले नवलपरासीमा प्रदेशका ४५ करोड बढीका ८५ बढी योजनाहरु रहेको बताईएको छ ।