Holi asnjal makar GURU

चिसापानी अस्पतालले एक बर्षमा ३१ हजार २ सय ५४ जनालाई सेवादिन सफल

361

कृष्ण ढकाल
बर्दघाट,भदौ–१

बर्दघाट नगरमा रहेको चिसापानी अस्पतालले एक बर्षमा ३१ हजार २ सय ५४ जनालाई सेवा दिन सफल भएको छ । बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको आ.ब.२०८०÷०८१ को स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा कार्यक्रममा उक्त जानकारी गराइएको थियो ।
त्यसैगरी बर्दघाट नगरमा एक बर्षमा ३ सय १९ जना महिलाहरु सुत्केरी भएको र सबैले स्वास्थ्य संस्थामा गएरनै सुत्केरी गराएको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरीएको थियो । त्यस्तै नगरमा १ सय जना क्षरोगका विरामीहरु रहेको समेत जानकारी गराईएको थियो ।

नगरका १७ वटा स्वास्थ्य सस्थाहरुमा रहेर ९२ जना स्वास्थ्यकर्मिहरु परिचालन गरेर नगरका नागरीकहरुलाई स्वास्थ्य सेवा दिइरहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको थियो ।
स्वास्थ्य संस्थाहरुले वार्षिक रुपमा प्रदान गरेका सेवा,सुविधाहरुको प्रगति र सेवा प्रदान गर्दा आईपरेका समस्या,चुनौती र समाधानका उपाएहरुका वारेमा सरोकारवालाहरु विच प्रस्तुतीकरण सहित छलफल तथा समिक्षा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले अन्य पालिकाहरु भन्दा तुलनात्मक रुपमा बर्दघाटको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भएको थियो । उहाँले सबैको प्रयासले बर्दघाट नगरको नतिजा राम्रो आउने भएकाले नागरिकलाई सुलभ सेवा दिन कुनै पनि तरीकाले कन्जुसाई नगर्न कर्मचारीहरुलाई निर्देशन गर्नु भएको थियो ।
नगरले विधालय काउन्सेलर नर्सको अवधारणा लिएको जानकारी गराउदै पहाडी क्षेत्रका जनतालाई सेवा दिन विभिन्न किसिमका स्वास्थ्य शिविरहरुको योजना तथा सन्चालन गर्न समेत निर्देशन दिनुभएको थियो ।

साउन ३१ र ३२ गते गरी दुईदिन सम्म सञ्चालन भएको बार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका अन्य शाखाहरुको कार्यसम्पादन भन्दा स्वास्थ्य शाखाको कार्य सम्पादन प्रभावकारी रहेको बताउनु भएको थियो । विषेश गरी गर्भवती महिला पहिलो पटक स्वास्थ्य संस्थामा सेवा लिन आएदेखि बच्चा ५ वर्षको नहुने बेला सम्म स्वास्थ्य संस्थाले केयर गर्नु पर्ने सुझाब दिनु भएको थियो ।
बार्षिक समीक्षा कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष भिमकाजि गुरुङ, वडा नं. ४ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सदस्य वेदविना तिवारी ,बर्दघाट नगरमा स्वास्थ्यको क्षेत्रमा कामगर्ने वेस नेपाल,सहभागी,मेरीस्टोस,इन्द्रेणी र ग्रिनतारा नेपालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

स्वास्थ्यका क्षेत्रमा लुम्बिनी प्रदेश भित्रका ४ वटा नगर अस्पतालहरु मध्ये गत बर्ष बर्दघाट नगरअस्पतालले ५८ अंक ल्याएर प्रदेशमा पहिलो भएको चिसापानी अस्पताल अर्थात बर्दघाट नगर अस्पताल रहेको थियो ।