Sarawal sit lahar Notis

संस्कार र संस्कृतीको संरक्षण गर्न सरोकारवाला एकहुन जरुरी ः संस्कृती बिद प्रा.डा.प्रेमकुमार खत्री

0 26

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
नेपालीहरुको संस्कार र संस्कृतीको संरक्षण गर्न र संस्कृतिमा हुनेगरेको बिभेदको अन्त्य गर्न सरोकारवालाहरु अब एक भएर लाग्नु पर्ने अवस्था आएको लोकवार्ता परिषद नेपालका अध्यक्ष तथा संस्कृती बिद प्राध्यापक डाक्टर प्रेमकुमार खत्रीले बताउनु भएको छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजना र लोकवार्ता परिषद नेपालको सहकार्यमा भएको सांस्कृतिक अध्ययन बिषयक एक दिवसीय गोष्ठीमा बोल्दै संस्कृती बिद प्राध्यापक डाक्टर खत्रीले उक्तकुरा बताउनु भएको हो।

अहिलेको अवस्थामा नेपाली कला संस्कृतीलाई विस्थापित गर्दै बाह्य संस्कृतिको मोहले हस्तक्षेप गरेको खत्रीले बताउनु भयो । जन्म दिनमा केक काट्ने देखी लिएर विभिन्न चरणमा हाम्रो संस्कृतिमा प्रहार हुदै हाम्रो संस्कार मासिदै गएकाले संस्कृति संरक्षणमा सरकार गम्भीर भएर लाग्नु पर्ने अवस्था आएको भन्दै खत्रीले चिन्ता ब्यक्त गर्नु भएको थियो ।
आयतित संस्कार र संस्कृतिले कुनै बेला नेपाली सांस्कृति र आयतित संस्कृति विच द्धन्द्धहुन सक्ने खतरा बढेर गएको आभास संस्कृतिविद खत्रीको भनाई रहेको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठान मार्फत बर्दघाट नगरको भाषा साहित्य,कला , संस्कृती र संगीतको संरक्षणमा निरन्तर लागिएको बताउनु भएको थियो । उहााले भाषा साहित्य,कला , संस्कृती र संगीतको संरक्षण र सम्बद्र्धन मार्फत पर्यटन प्रवद्वन गर्ने तर्फ नगर अग्रसर रहेको जानकारी गराउनु भएके थियो ।

सांस्कृतिक अध्ययन बिषयक एक दिवसीय गोष्ठीमा प्राध्यापक डाक्टर प्रेम कुमार खत्री, प्राध्यापक डाक्टर ध्रुवप्रसाद भट्टराई र दिपप्रकाश लोहनीले कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक रुद्र प्रकाश उपाध्याय,साहित्यका राजेन्द्र आचार्य, डाक्टर श्याम प्रसाद न्यौपाने लगाएतले बोल्दै जनसुर्ती अनुसार सरकार र सरोकारवालाहरु संस्कृतीको संरक्षणमा एक भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।
भाषा साहित्य बिभागका संयोजक हुमनाथ आर्चायको स्वागतबाट शुरु भएको कार्यक्रम बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्यसचीव शरद पौडेलले संचालन गर्नु भएको थियो

Leave A Reply

Your email address will not be published.