Bardaghat Na pa

लियो क्लब अफ नवलपरासी दाउन्नेको अध्यक्षमा पारस न्यौपाने

150

बर्दघाट,जेष्ठ–८

लियो क्लब अफ नवलपरासी दाउन्नेको छैटौँ अधिवेशनबाट लायन बर्ष २४र२५ का लागि पारस न्यौपाने अध्यक्षमा निर्वाचीत हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा प्रज्ञा पराजुली, सचिबमा राहुल सिंह जीसी र कोषाध्यक्षमा बिशाल कंडेल सर्बसम्वत निर्वाचित हुनुभएको छ।
जिल्ला परिषद ३२५ पि नेपालकै बहुप्रतिष्ठित संस्थाका रुपमा रहेको लियो क्लबका अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा वातावरण, स्वास्थ्य, बाल चेतना जस्ता क्षेत्रमा सुधारका लागी कामगर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

किरन बस्याल को अध्यक्ष र कमला शर्माको प्रमुख अथिथ्यतामा भएको कार्यक्रममा रमेश कुमर श्रेष्ठ विशिष्ट अथितीका रुपमा रहनु भएको थियो । त्यसैगरी सनदेश भण्डारी,सञ्जीव प्रसाई,अर्जुन प्रसाद पौडेल, सस्थापक अध्यक्ष नवीन भण्डारी ,निर्बर्तमान अध्यक्ष मनिश तिवारी लगाएतको उपस्थिती रहेको थियो ।