Jilla Ban Notis

नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा पुनः हुमनाथ आचार्य

0 95

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशनले पुनः हुमनाथ आचार्यको अध्यक्षतामा १९ सदस्य नयाँ नेतृत्व चयन गरेको छ । समाजको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डेय,महिला उपाध्यक्षमा मनमाया गुरुङ,सचिवमा तिलकप्रसाद पौडेल र कोषाध्यक्षमा ज्ञानप्रसाद भट्टराईलाई चयन गरेको छ भने महिला सदस्यमा नैनकला गैरेलाई चयन गरेको छ।
त्यसैगरी सदस्यहरुमा भुपनारायण चौधरी (सुस्ता),मोतीप्रसाद चौधरी (प्रतापपुर),पिताम्वर पौडेल (बर्दघाट),ईश्वरीलाल गुप्ता (रामग्राम),जिवनप्रसाद यादव (रामग्राम),श्रीधर भट्टराई (बर्दघाट)डिल्लीराज ज्ञवाली (सुनवल),चक्रपाणी पाण्डे (सुनवल),तिलकराम पौडेल (सुनवल),बामदेव अधिकारी (बर्दघाट) र चन्द्रप्रकाश भण्डारी (सुनवल) रहनु भएको छ । सरावल र पाल्हिनन्दन गाउपालिकाबाट पछि एक एक जना मनोनित गर्नेगरी जिल्ला कमीटी तयार गरीएको समाजका अध्यक्ष हुमनाथ आचार्यले जानकारी गारउनु भएको छ ।

नेपाल निवृत्त शिक्षक समाज नवलपरासीका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७० बर्ष भन्दा माथी उमेर भएका जिल्लाका २२ जना वरिष्ठ निवृत्त शिक्षकहरु र पत्रकार कुस्माकर ढकाललाई सम्मान गरीएको थियो । त्यसैगरी सोही अवसरमा नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको ७६ जना आजिवन सदस्यता लिएकाहरुलाई प्रमाण पत्र समेत प्रदान गरीएको थियो ।

कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तोयानाथ लामिछाने,सामुदायिक विद्यालय महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्यप्रसाद न्यौपाने,नेपाल निवृत्त शिक्षक समाज नवलपुरका अध्यक्ष भागवत गौतम,नेपाल शिक्षक महासंघका जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, रामशरण पाण्डेय ,सत्यदेव पाण्डेय,प्रीतम सिंहल गाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.