Jilla Ban Notis

सुनवल-४,ताेक्लादीमा विद्युत पुग्याे ।

0 26

कल्पना खरेल
सुनवल,माघ-१०
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले पूर्ण विद्युतिकरण घोषणा गरे लगत्तै सुनवल नगरपालिका वडा नम्बर ४ यतिबेला पूर्ण विद्युतीकरणमय भएकाे छ ।
लामाे समयदेखि विद्युतविना कष्टकर जीवनयापन गर्दै आएका वडा नम्बर ४, काे पहाडी चुरे भु-भागमा अवस्थित तोक्लादी गाउँमा आज बुधबार स्थानीय सरकारकाे उपस्थितिमा विद्युत प्राधिकरणले पूर्ण विद्युतिकरण घाेषणा गरेकाे हाे ।
साेहि क्रममा बाेल्दै प्रमुख अतिथि सुनवल नगरप्रमुख विमला अर्यालले यस क्षेत्रमा भएकाे विद्युतिकरण सगै ताेक्लादीलाई समृद्धिकाे आधार तयार गर्नुपर्ने बताउनुभयाे ।
जसका लागि पर्यटकिय प्रवद्वन गर्ने लक्ष्य सहित हाेम स्टेहरू काे विकास सगै पशुपालन पनि राम्रो माध्यम हुन सक्ने भएकाले स्थानीय सरकार त्यसप्रति सचेत रहेकाे धारणा राख्नुभयाे ।
यसैगरी हावापानी र बातावरणिय दृष्टिकोणले पनि यस क्षेत्र निकै उत्तम रहेकाेले बसाइँसराइ गर्नुभन्दा व्यवसायीकरणमा ढाल्न प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले स्थानीयलाई आग्रह गर्नुभयाे ।
उता वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले विद्यतीकरण सगै १ बर्षदेखिकाे याेजना सार्थक भएकाेमा खुसी व्यक्त गर्दै स्तरउन्नती र विकासका लागि पहलकदमी रहिरहने धारणा राख्नुभयाे ।
सुनवल चाैराहादेखि करिब १४ किलोमिटर पाल्पाकाे माथागडि गाउँपालिका वडा नम्बर ६ काे सिमाना रहेकाे यस ताेक्लादी गाउँमा करिब १६-१७ घरधुरीमा ७०-८० स्थानीयबासीकाे बसाेबास रहेकाे छ ।
काठका कच्चि घरहरूमा पूर्ण मगर समुदायकाे मात्र बसाेबास रहेकाे यस बस्तिमा विद्युत पुग्दा हर्षित भएका स्थानीयहरू यातायात र विद्युत त आयाे अब खानेपानी आए हुन्थ्याे भनेर आस गरेका छन् ।

Leave A Reply

Your email address will not be published.