Jilla Ban Notis

ब्राह्मण समाज नवलपरासीले भजनरेलि निकाल्ने

0 70

बर्दघाट,पाैष -२५

ब्राह्मण समाज नेपाल जिल्ला समिति पश्चिम नवलपरासीको बैठक सरावलको बासामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । समाजका जिल्ला अध्यक्ष गिरीराज पाण्डेयको अध्यक्षता तथा केन्द्रीय सचिव राधिका न्यौपानेको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

बैठकले नवलपरासीका सातै स्थानीय तहमा ब्राह्मण समाजको पालिका स्तरीय समिति गठन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । यस्तै भारतको अध्योध्यामा निर्माण गरिएको राम मन्दिरको उ‌द्घाटनको अवसरमा परासी बजारमा बाजागाजा र भजनकृतनसहितको र्याली निकाल्ने निर्णय समेत ब्राह्मण समाजले गरेको छ।

अयोध्यामा निर्माण भएको राम मन्दिरमा जनवरी २२ तारिख अर्थात माघ ८ गते हुने रामको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा उत्सव मनाउन लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

यसैबीच ब्राह्मण समाज नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित नवलपरासीकी राधिका न्यौपानेलाई सोही अवसरमा सम्मान सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.