Sarawal sit lahar Notis

बर्दघाटमा वडाबाटै योजना सम्झौता सुरु

61

बर्दघाट,मंसीर–७

बर्दघाटमा वडाबाटै योजना सम्झौता सुरु नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा वडाबाटै योजना सम्झौता गर्ने कार्य सुरु भएको छ । बर्दघाट नगरपालिकाले बिहिवार वडा नम्बर १ बाट योजना सम्झौता सुरुवात गरेको छ ।

आम नगरबासिको सहजताको मध्यनजर गर्दै वडा बाटै योजना सम्झौता गर्ने कार्य प्रारम्भ गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।”जनतलाई घर आगनबाटै सेवा पाउनु नै संघियताको मुल मर्म पनि हो ।यसले नागरिकलाई सेवाप्रतिको बिश्वास पनि बढाउछ सबै कर्मचारीहरुले सहजीकरण गर्नु हुनेछ”नगरप्रमुख श्रेष्ठले भन्नुभयो। वडा बाटै सम्झौता हुने भएपछि स्थानिय समेत खुसी देखिएका छन ।

“सधै नगर धाउनु भन्दा वडा बाटै काम हुदा समयको पनि बचत हुने र उपभोक्तालाई थप जिम्मेवारी महसुस पनि हुन्छ”स्थानी पिताम्बर चौधरीले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सेवाग्राहीको चाप र आवस्यकतालाई हेरी सबै वडाहरुमा यो अभियान सञ्चालन हुने बताउदै समयमै योजना सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

कति पय अवस्थामा वडामै जादा स्थलगत अनुगमन पनि गर्न सहज हुने हुदा कामको प्रकृति हेरेर योजनाको सम्झौता गर्द सहज हुने खनालले बताउनु भयो । उपभोक्ता समितिलाई थप जुझारु बनाई समयमै योजना सम्पन्न गर्न लागि पर्ने नगरले जनाएको छ ।