Sarawal sit lahar Notis

बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिषेश साधारण सभा सम्पन्न ।

0 85

कृष्ण ढकाल
बर्दघाट,भदौं–२९

बर्दघाट नगरपालिका वडा नं. ७ मा रहेको बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिषेश साधारण सभा आज सम्पन्न भएको छ । बर्दघाट नगरले तोकेनुसारको विद्यान संसोधन गरी समितिमा समावेसी सहित संस्थाको ठेगाना परिर्वतनका लागि बिषेश साधारण सभा आयोजना गरीएको थियो ।

संस्थाका अध्यक्ष वृहस्पति अधिकारीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले प्रदेशबाट हुने र गर्न सकिने विकास निमार्णका कामहरुमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले वेलाहानी खानेपानीको सेवा क्षेत्र भित्रका उपभोक्ताहरुलाई शुद्ध खानेपानी बितरण गर्न कुनै समस्या भए सम्बन्धित स्थानमा आफुले सहजीकरण गर्न तयार रहेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले संस्थाले खानेपानी र सरसफाईको क्षेत्रमा समानन्तर रुपमा आफ्नो कार्य अघि बढाउन आग्रह गर्नु भएको थियो । उपप्रमुख उपाध्यायले नगरपालिका जहिले पनि बेलाहानी खानेपानी संस्थासंग सहभागिता र सहकार्यगर्न तयार रहेको समेत बताउनु भएको थियो ।

संस्थाका उपाध्यक्ष जिवनाथ पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष धु्रब थारु,वडानं १ का वडाध्यक्ष संदिप सापकोटा,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्साल,जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष निमानन्द न्यौपाने, बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,जिमिरेभार बजार विकास समितिका अध्यक्ष्ँ नर बहादुुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

संस्थाको बिषेश साधारण सभामा संस्थाका कोषाध्यक्ष कृष्ण सापकोटाले आ.ब.२०७६/०७७, २०७७/०७८ , २०७८/०७९ र आ.ब. ०७९/०८० सम्मको ३ करोड,९३ लाख ७० हजार २ सय ८५ रुपैया ९० पैसा बरावरको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्न भएको थियो । त्यसैगरी गत असार मसान्त सम्म संस्थाको फिक्स डिपोडिट बैक खातामा १ करोड ५० लाख रुपैया रहेको प्रतिवेदन बिषेश साधारण सभामा पेश गर्नु भएको थियो ।

२०६६ सालमा स्थापना भएको बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले ७५ किलो मिटर पाईप विस्तार गरी १ हजार ६ सय ८१ धारा जडान गरेको संस्थाका अध्यक्ष वृहस्पति अधिकारीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.