Jilla Ban Notis

बर्दघाट खानेपानी संस्थाद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण 

0 86

कृष्ण ढकाल

बर्दघाट,श्रावण–३२

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज एक कार्यक्रमका बिच चिसापानी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ।

अस्पताललाई  सफा र सुन्दर राख्नका लागि दैनिक रुपमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरुको अभाव नहोस भनि खानेपानी संस्थाले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भयो ।

विरामीहरुको उपचारका लागि अस्पतालमा आउनेहरु तथा अस्पतालका कर्मचारीहरुले समेत प्रयोग गर्ने ,शौचालय सफागर्न प्रयोग गर्ने स्वास्थ्य सामाग्रीहरु र अस्पताल परिसर सफा गर्न कुचोहरु प्रदान गरीएको अध्यक्ष लम्सालले बताउनु भयो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हर्पिक,फिनेल,साबुन,हेण्डवास,ब्हिल सर्फ,ट्वाइलेट ब्रस,सिन्के कुचो,अमरिसो कुचो,हेन्ड टावेल लगाएतका सामाग्रीहरु हस्तान्तरण गरीएको थियो ।

चिसापानी अस्पताल विकास समितिका अध्यक्ष ईन्द्रप्रसाद सापकोटाको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले खानेपानी संस्थाबाट अस्पताललाई गरेको सहयोग अतुलनिय रहेको बताउनु भएको थियो । सबैको साथ र सहयोगले अस्पतालवाट उचित सेवा प्रदान गर्न सकिने भएका कारण सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

त्यसैगरी चिसापानी अस्पताल विकास समितिका अध्यक्ष ईन्द्रप्रसाद सापकोटाले पहिले पनि अस्पताललाई खानेपानी संस्थावाट सहयोग गरेकोमा धन्यवाद दिदै  सहयोगी भावना निरन्तर राख्न आग्रह गर्नु भएको यियो ।

कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र अस्पतालका पदाधिकारी तथा कर्मचारीहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एकले अर्कालाई खादा लगाएर दुई संस्थाका अध्यक्षहरुले एक आपसमा संस्थागत सम्मानको कार्यक्रम समेत सम्पन्न गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.