बुद्धिभुजेल
चिसापानी,बैशाख–१९
दारी ग्याड नवलपरासी तथा आर. बि. होटल तालिम केन्द्रको संयुक्त आयोजना र रक्त सन्चार केन्द्र परासीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आज बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा २९ जनाले रगत दान गरेका थिए।
कार्यक्रम दारी ग्याड नवलपरासीका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षता र सामाजिक व्यक्तित्व राम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा केदार चौधरी, कमल बस्याल मधुसुदन घिमिरे राम भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन दारि ग्याड नवलपरासीका सचिव बिक्रम भुर्तेलले गरेका थिए।
कमिटिको उपाध्यक्षमा आशा चौधरी,सचिवमा सुरेश रानारसह सचिवमा धन बहादुर श्रेष्ठ र कोषाध्यक्षमा भिखु चौधरी रहनु भएको छ । त्यसैगरी सदस्यमा भोला चौधरी,अमृत थापामगर,राम किसन चौधरी,छोटेलाल कोईरी,बासुदेव गुरौं र टिप नारायण चौधरी रहनु भएको छ ।
