Jilla Ban Notis

उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिद्धारा नेपाल बिधुत प्राधिकरणलाई ज्ञापन पत्र ।

0 67

कृष्ण ढकाल
बर्दघाट,बैशाख–६
उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिले आज नेपाल बिधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ । २÷३ दिन यता पटक पटक बिधु्तको लाईन आउने र जाने समस्याले उपभोक्ताहरुलाई समस्या भएको प्रति समितिको ध्यानाकर्षण भएको भन्दै समितिले आज नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्र र ग्रिड सबस्टेशन बर्दघाट–७ वेताहानीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका अध्यक्ष हुमानाथ आचार्यको नेतृत्वमा गएको समितिको टोलीले नेपाल बिधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रका निमित्य प्रमुख गजेन्द्र चौधरी र ग्रिड सबस्टेशनका प्रमुख शिव नारायण चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझदै नेपाल बिधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रका निमित्य प्रमुख चौधरीले आफुहरुको कार्यालयवाट दिईने सेवामा कुनै पनि समस्या नरहेको र आफ्नो कार्यालयका कारण उक्त समस्या नहएको प्रस्ट पानु भएको थियो ।

त्यसैगरी ग्रिड सबस्टेशनका प्रमुख शिव नारायण चौधरीले कहि कतै उपभोक्ताहरुका कारण समस्या आउने गरेको भएपनि खासगरी अहिले सुख्खा मौसमका कारण भारतवाट बिधुत आयत गरी सप्लाई गरीएकाले उताबाट आउने लाईनमा नै समस्या भएको र त्यहीवाट नै हुने समस्याका कारण पटक पटक बिधुतलाइन जाने गरेको बताउनु भएको थियो । उहांले आफुहरुले गरेर हुने सम्म प्रयास जारी राख्ने प्रतिवध्यता समेत जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.