Sarawal sit lahar Notis

निःशुल्क स्वास्थ्य परीक्षण शिवर सम्पन्न ।

0 85

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२८
बर्दघाटको न्यूलाईफ स्कुल अगाडी रहेको बर्दघाट प्याथोलोजीले आफ्नो स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य परीक्षण शिवर सम्पन्न गरेको छ । चैत्र २६ र २७ गते दुई दिन सम्म संचालन गरीएको उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिवरमा सुगर र मिर्गौलाको स्वास्थ्य परीक्षण गरीएको थियो ।

परिक्षणका क्रममा १ सय ९९ जनाको सुगर र २ सय २ जनाको मिर्गौला परीक्षण निःशुल्क गरीएको बर्दघाट प्याथोलोजीका संचालक प्रकाश आचार्यले बताउनु भएको छ । बर्दघाट प्याथोलोजीको स्थापनासंगै आफ्नो समेत जन्मदिन एकै दिन परेकाले जन्मदिनलाई मानसेवा गरेर मनाउने उद्धेश्यले आफुले निःशुल्क स्वास्थ्य परीक्षण शिवर संचालन गरेको संचालक आचार्यले बताउनु भएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण शिवरमा सम्वन्धित विशेषज्ञबाट निःशुल्क परामर्श सेवा समेत उपलब्धगाराएको गरईएको थियो । निःशुल्क स्वास्थ्य परीक्षण शिवरमा आएका ३६ जनामा सुगरको समस्या र ४ जनामा मृगौलाको समस्या रहेको भेटिएको बर्दघाट प्याथोलोजीका संचालक प्रकाश आचार्यले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.