Bardaghat Na pa

तिर्थयात्रु बोकेको बस दुर्घटना हुदा ४५ जना भारतीय नागरिक घाईते ।

160

बर्दघाट,माघ–७
नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाको रमवापुरमा तिर्थयात्रु बोकेको बस दुर्घटना हुदा ४५ जना भारतीय नागरिक घाईते भएका छन् । तिर्थयात्रु बोकेको युपि १६ एफ टि ७४६६ नम्बरको भारतिय बस ब्रेक फेल हुदा रमवापुरमा दुर्घटना भएको हो ।

माघे औँशिमा पुर्वि नवलपरासीको त्रिवेणी स्थीत नारायणी नदिमा स्नान गरेर फर्कदै गरेका तिर्थयात्रु बोकेको युपि १६ एफ टि ७४६६ नम्बरको भारतिय बस ब्रेक फेल हुदा पाल्हीनन्दन गाँउपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

दुर्घटना परि घाईते भएकाहरुको अहिले पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । बसमा ६५ यात्रु सवार थिए ।