Sarawal sit lahar Notis

नवलपरासीका पानी उद्योग मापदण्ड बिपरीत संचालन ,मिष्ठान पसलहरुमा गुणस्तरहिन वस्तु प्रयोग

0 66

गौरीशंकर जयसवाल

परासी २९ असार
पश्चिम नवलपरासीमा बजार अनुगमनलाई निरन्तरता दिईएको छ । संयुक्त बजार अनुगमन समिती पश्चिम नवलपरासीले बजार अनुगमनलाई तिब्रता दिईएको हो ।
संयुक्त बजार अनुगमन समितीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका ,सुनवल नगरपालिका र रामग्राम नगरपालिकाको बजारमा अनुगम गरेको छ ।

अनुगमन क्रममा परासी बजारमा रहेको मिष्ठान पसलहरुमा उपभोक्ताहरुको स्वास्थ्य असर पर्ने गरी खानेकुरा र तेलमा प्रयोग भएको भेटाईएको निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
उनको अनुसार अधिकास मिष्ठान पसलहरुमा मानिसको स्वास्थ्य प्रतिकुल असर हुने गरी तेलमा पटक पटक परिकारहरले पकाउने गरेको पाईएको बताए । यसरी पटक पटक एउटै तेल परिकारहरु पकाउदाँ मिष्ठान पसलहरुले खानेकुरा एव मिठाई पकाउदाँ मानिसको स्वास्थ्य माथि खेलवाड गरेको पाईएको र उक्त तेलहरु नियन्त्रण लिइ करिब ४ लिटर तेल नष्ट गरिएको अर्यालले बताए ।
परासीमा रहेको पशुपति मिष्ठान भण्डारमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय भैेरहवाका खाद्य निरीक्षक दिपक कुमार यादवको अनुसार तारेको तेलको नियम अनुसार गुणस्त मापन गर्दा २५ पिपिएम सम्मको खान योग्य हुन्छ तर उक्त पसलमा तेल तारेको जाँच गर्दा ३५ पिपिएम भेटिएको उक्त तेल खान अयोग्य रहेकोे बताए ।

पशुपति मिष्ठान भण्डारमा किचन फोहोर देखिएको र किचन सरसफाईमा सुधार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । अनुगमनको क्रममा पाल्हीनन्दन गाउँपालिका वडान ३ मा अवस्थीत दुईवटा पानी उद्योग मापदण्ड बिपरीत संचालनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकरी दिए ।

गाउँपालिकामा संचालित सितल जल पानी उद्योग र त्रिवेणी एक्वा पानी उद्योग मापदण्ड बिपरीत संचालन रहेको उक्त उद्योगहरुलार्ई आवश्यक काजपत्र र खाद्यको अनुज्ञपत्र प्रमाणपत्र लिई तिन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लिई आउन निर्देशन गरिएको अर्यालले बताए । परासीबजारमा पशुपतिनाथ मिष्ठान भण्डार,मखन भोग स्बीट पाल्हीन्दन गाँउपलिकामा सितल जल पानी उद्योग र त्रिवेणी एक्वा पानी उद्योग र सुनवल नगरपालिकमा होलीडे क्याफे गरी ५ वटा पसलहरुमा अनुगमन गरिएको बताईएको छ ।

संयुक्तबजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, घरेलु तथा सानाउद्योग कर्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय भैेरहवाका खाद्य निरीक्षक दिपक कुमार यादव,जिल्ला प्रहरी कार्यलयका ईस्पेक्टर हरि ज्ञवाली उपभोक्ताहित संरक्षण मञ्चका जिल्ला सचिव मोेहन पौडेल पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.