Jilla Ban Notis

अन्तरघात गरेकोभन्दै शाहिको उजुरी ,आरोप प्रमाणीत गरेर देखाउनआरोपितद्धयको चुनौती ।

0 33

कृष्ण ढकाल
बर्दघाट,असार–३

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्वाचन पछि नेपाली कान्ग्रेस नवलपरासीमा निक्कै आन्तरीक द्धन्द्ध बढेर गएको छ । आफ्नै पाटीका नेताहरुको अन्तरघातका कारण आफु पराजित हुनु परेको भन्दै गठबन्धनका तर्फवाट उम्मेद्धार रहनु भएका नेपाली कान्ग्रेसका नेता बालिन्द्र विक्रम शाहिले पार्टीको अनुशासन समितिमा निवेदन दिएसंगै आरोपित पक्षवाट त्यसको खण्डन सहित आरोप प्रमाणीत गरेर देखाउन विज्ञप्ती मार्फत चुनौती दिईएको छ ।

शाहीले काग्रेसका नेताहरुकै निर्देशनमा विपक्षिलाई भोट हाल्न लगाएर आफुलाई हराएको भन्दै दोषि माथि कडा कारवाहीको माग गर्दै पार्टीको अनुशासन समितिमा निवेदन दिएपछि आरोप लगाईएका नेपाली काँग्रेसका केन्द्रय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल र महासमिति सदस्य देवक कलवार ( सन्तु ) ले आफूहरुमाथि लगाईएको अन्तरघातको आरोप प्रमाणित गरेर देखाउन विज्ञप्ती मार्फत चुनौती दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका कण्डेल र संविधानसभा सदस्यसमेत रहनुभएका महासमिति सदस्य कलवारद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , “ हाम्रो निर्देशनमा मत बदर भएको भन्ने कुरा शत प्रतिशत कपोलकल्पित र भ्रामक रहेक हुँदा उक्त गलत आरोपलाई प्रमाणसहित पुष्टि गर्न उजुरीकर्तालाई ठाडो चुनौती दिन चाहन्छौं र यसरी हाम्रो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहिन कुरालाई सुनियोजित रुपमा लगाईएको आरोपप्रति घोर आपत्ति र भत्र्सना गर्दछौँ ”

सात स्थानिय तह रहेको जिल्लामा १४ जना मतदाता रहेकोमा काग्रेसको ६, माओवादी केन्द्रको २ तथा एमालेको ५ र राप्रपापको एक जना मतदाता रहेका थिए । जस अनुरुप काग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्धार शाहिको स्पष्ट बहुमत रहेको थियो । तर प्रमुख पदमा एक मत बदर हुनु र एक मत क्रस भएपछि नेकपा एमालेका उम्मेद्धार भगौति यादव ७ मत प्राप्त गरी एक मत अन्तरले विजयी हुनुभएको थियो। अल्पमतमा रहेको एमालेका उम्मेद्धारले जिसस प्रमुखमा जितेपछि काग्रेस भित्र अन्तरघाट भएको भन्दै दुई गुटको तिक्त्तता थप बढेको छ ।

जिल्लामा काग्रेस भित्र केन्द्रिय सदस्य कंण्डेल र काग्रेसका प्रदेश महामन्त्री विक्रम खनालको गुट बिच टकराव हुदै आएको छ ।

Leave A Reply

Your email address will not be published.