Jilla Ban Notis

टोखा नगरपालिकाको मेयरमा रजनी थापाको उम्मेदवारी दर्ता ।

0 84

काठमाडौं –१४
नेपाली कांग्रेसकी युवा नेतृ रजनी थापाले काठमाण्डौंको टोखा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । २९ बर्षीय नेतृ थापा सत्ता गठबन्धनको पक्षवाट मेयर पदमा आफ्नो उम्मेदवारी दिएकी हुन ।

खुलाल सिंह खत्रीको प्रस्ताव र अरुण श्रेष्ठको समर्थनमा थापाले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । चार विषयमा एमए सकेकी थापा विद्यावा रिधीको तयारीमा जुटिरहदा अहिले फेरी सामाजिक कार्यमा समेत लाग्ने भन्दै आसन्ना स्थनिय तहको निर्वाचनमा उनले काठमाण्डौंको टोखा नगरपालिकामा मेयर पदका लागि उमेदवारी दिएको बताएकी छन् ।

सचेतना फाउन्डेसन नेपाल कि अध्यक्ष र नेपाल जेसिज कि निर्वतमान केन्द्रिय उपाध्यक्ष समेत रहेकी थापा एम.ए.,एल.एल.बि. र पिएच डि होल्डर समेत रहेकी छन् । टोखा नगरपालिकाको
उपमेयर पदमा भने माओवादीका तर्फवाट मुरारी तामाङको उम्मेदवारी दर्ता भएका छ ।

Leave A Reply

Your email address will not be published.