Jilla Ban Notis

सुनवल नगरपालिकाले दुईवटा विधेयक पारीत गर्दै आफ्नो दशौ नगर सभा सम्पन्न गर्यो ।

0 47

सुनवल,फाल्गुन –४
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले दुईवटा विधेयक पारीत गर्दै आफ्नो दशौ नगर सभा सम्पन्न गरेको छ । नगरसभामा सुनवल नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर शेनले कृषि नीति २०७८ र वन वातवरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेले वन तथा वातावरण नीति २०७८ नगर सभा समक्ष प्रस्तुत गर्नु भएको थियो ।

शेन र पाण्डेद्धयले प्रस्तुत गर्नुभएका निति नगरसभाले सर्बसम्वद रुपमा पारित गर्दै नगर सभा सकिएको थियो। नगरसभाले आव २०७८र७९ को विनियोजन प्रथम संशोधन विधेयक २०७८ सहित चालु आव २०७८र७९ को आयव्ययको संशोधित अनुमान एवं कार्यक्रम स्विकृत गर्दै मेल मिलापकर्ताहरुको सुचि पनि अनुमोदन गरेको छ ।

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालको अध्यक्षतामा संचालित नगर सभामा सवै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य,प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराला एवं नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

दशौ नगर सभामा सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले विगत साढे ४ बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यवाहक नगर प्रमुख अर्यालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा भौतिक पुर्वाधार, कृषि सहकारी, पशु, घरेलु तथा लघु उधम र पुर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गरीएको र स्वास्थ्य संस्थाहरुको सबलीकरणसंगै गुणस्तरिय शिक्षाप्रदान गर्न नगर सफल भएको उल्लेख गरीएको थियो ।
त्यसैगरी शिक्षा, खानेपानी तथा सरसफाई लगाएतका थुप्रै योजनाहरुलाइ प्राथमिकता दिएर कार्य गरीएको उल्लेख गर्नुभएको छ । दशौ नगर सभामा नगर प्रवक्ता कृष्ण् प्रसाद देवकोटा, १२ का वडाध्यक्ष यमलाल पाण्डे, वडा नं ११ का वडाध्यक्ष देवीलाल डुम्रे, ७ का वडाध्यक्ष बसन्तराज दाहाल, ३ का कर्ण बहादुर शेन, २ का वडाध्यक्ष राजेन्द्र यादव, वडा सदस्य वालकृष्ण पंगेनी, दामोदर लामिछाने, मनबहादुर थापाले नगरसभामा आ आफ्ना धारणाहरु राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.