बर्दघाट,फागुन–४
पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेर साँझ ६ बजेपछि छोडिदिएको छ ।
बर्दघाटको त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका बन्दहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नेकपा ९क्रान्तिकारी माओवादी० प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल ,प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै एमसीसी बिरुद्ध गरीएको बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड भएको थियो।
उता
एमसीसी खारेजीको माग गर्दै सुनवलमा राष्ट्रिय जनमोर्चाले विरोध कार्यक्रम सम्पन्न गरेको छ। विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य तिलक प्रसाद सुवेदी,नेपाल कम्युनिस्ट पार्टी ९मसाल० जिल्ला प्रवक्ता धनपति सापकोटा , अखिल नेपाल किसान महासंघ नवलपरासी जिल्ला अध्यक्ष जितबहादुर पौडेल , अखिल नेपाल जनजाति सम्मेलन प्रदेश सदस्य शेरबहादुर सुर्यबंशि, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी,अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतम लगाएतको सहभागिता रहेको थियो ।
