कृष्ण ढकाल
बर्दघाट, फागुन –२
जनयुद्धको २७ औ बार्षिकोत्सवको अवसर पारेर नवलपरासीको विभन्न स्थानमा विभन्न कार्यक्रमहरु सम्पन्न् भएका छन् । जनयुद्धको २७ औ बार्षिक उत्सव मनाउने क्रममा नवलपरासीमा जन मुक्ति सेनानेपाल नवलपरासीले वनभोज तथा पुर्नर मिलन कार्यक्रमको आयोजना गरेर जनयुद्धको २७ औ बार्षिकोत्सव मनाएको थियो । सुनवलको शहिद विष्णु पाण्डे प्रतिष्ठानमा आयोजना गरीएको वनभोज तथा पुर्नर मिलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
यता जनयुद्ध दिवस मनाउने क्रममा फागुन –१ गते नेकपा ९क्रान्तिकारी माओवादी० जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाटको त्रिवेणीचोकमा एक कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस मनाएको थियो ।
कार्यक्रममा जनयुद्ध जिन्दावाद १ महान शहिद अमर रहुन १ लगायतका नारावाजी गर्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले कोणसभा गरेका थिए ।

नेकपा ९क्रान्तिकारी माओवादी० जिल्ला समिति पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा भएको उक्त कार्यक्रममा जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारी लगाएतका नेताहरुले बोल्दै जनयुद्ध दिवसको शुभकामना आदान प्रदान गरेका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्र निकटको वाइसीएल नेपाल नवलपरासी जिल्ला कमिटी ले जिल्लको पाल्हिनन्दनमा शुभकामना आदान प्रदान सहित रक्तदान कार्यक्रम सम्पन्न् गरी २७ औ जनयुद्ध दिवश मनाएको थियो ।
जनयुद्धको २७ औ बार्षिकोत्सवको अवसर पारेर नवलपरासीको बर्दघाट बजारमा पनि दिप प्रज्वलन गरीएको थियो । दिपप्रज्वलन पश्चात माओवादी का नेताहरुले शुभकामना आदान प्रदना समेत गरेका थिए ।
उता
जनयुद्ध दिवस मनाउने क्रममा सुनवल चोकमा साँझ दिप प्रज्वलन गर्ने कार्य समेत सम्पन्न् गरीएको थियो ।