Jilla Ban Notis

राजनिति र शिक्षा मार्फत समाज परिवर्तन गर्न चाहन्छु ः एमाले नेतृ खनाल

0 36

२०२८ सालमा अर्घाखाँचीमा जन्मेर २०४४ साल देखि अनेरास्ववियूको सांगठीत सदस्यहुदै राजनितिक यात्रा शुरु गर्नु भएकी नवलपरासीको बर्दघाट–४ निवासी सरीता खनाल अहिले नेकपा एमालेको दशौं महाधिवेशनवाट पार्टीको केन्द्रिय सदस्य हुन सफल हुनु भएको छ ।

२०४६ सालको जनआन्दोलनमा समेत सक्रिय रहनु भएकी सरीता २०४९ सालमा पदमाकन्या क्याम्पस काठमाण्डौंको स्ववियू सदस्यमा अनेरास्ववियूवाट सदस्यपदमा उमेदवार बन्नु भएको थियो । तात्कालिन समयमा आफ्नो शिक्षाको विकास र विस्तारसंगै राजनितिक यात्रालाई अघि बढाउनु भएकी खनालको स्ववियू सदस्यमा दिएको उमेद्वारी राजनीति साधक नभएर त्यो समय बाधक बने पनि निरन्तर राजनितिक यात्रा भने चलिनै रह्यो ।

व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टम भन्दा सिस्टमलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त भावले ओत प्रोत रहनु भएकी सरीताले २०५२ सालमा चितवनका बौद्धिक ब्यक्तित्व बद्रि खनालसंग आफ्नो जिवनको सहयात्रा गर्ने जिवनसाथी रोज्नु भयो । सरीता खनालले रोज्नु भएको ब्यक्तित्व राजनीतिक कर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको भएकै कारण आज सरीता खनाल र उहांको जिवनसाथी राजनिति र शिक्षा मार्फत समाज परिवर्तन गर्न हलगोरु जस्तैभएर कम्मर कसीरहनु भएको छ ।
आफुजस्ता राजनीतिकर्मी अहिले देशलाई आवश्यक परेको भन्दै गाउँ–गाउँमा जनता माझ गएर आफुहरुलाई वास्तवमा, स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीति गर्न नेतृत्व तहमा पठाउन आग्रह गरेका खनाल दम्पतीले साच्चै नै देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्ने तह सम्मको अवसर पाउनु भएको छ ।

देशमा राजनीतिको कपटपूर्ण खेलको अभ्यास चलिरहेका बेला राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्न सक्षम एवं प्रभावशाली क्षमता रहेकी सरीताले तात्कालिन वाङ्गला काण्ड लगाएत अर्घाखाँचीमा भएको वसीरमिया हत्या काण्ड र थुप्रै आन्दोलनहरुमा सक्रित भुमिका नभाउन सफल हुनु भएको थियो । कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेऊ–पुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असरसमेत उनीहरुलाई जानकारी हुँदैन तर सरीताले त्यतीबेला धार्मिक सहिशुणता कायमगर्दै राजनितक तथा सामजिक आन्दोलनलाई निस्कर्षमा पुर्य्उन सफल हुनु भएको थियो ।
नवलपरासीमा साविकको माकर गाविसको उप–सचिव हुदै जिल्लाको सचिवालय सदस्य सम्मको जिम्मेवारी समाल्नु भएकी सरीताले नेकपा एमाले पार्टीलाई संकट परेका वेला महाधिवेसन आयोजक कमिटिको सदस्यका रुपमा समेत क्रियाशिलहुन पछि पर्नुभएन ।

पार्टीको जनवर्गीय संगठनका रुपमा रहेको अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यको जिम्मेवारी समेत समाल्हि सक्नु भएकी सरीता खनाल नेकपा एमालेको नवौं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि रहनु भएको थियो । प्रगतिशिल प्रध्यापक संगठनको केन्द्रिय सदस्य र लुम्बिनी बौद्ध विश्व विद्यालयको सभा सदस्य समेत रहनु भएकी सरीता अहिले राजनितिक यात्रासंगै पेशाका हिसाबले प्रध्यापनमा समेत क्रियाशिल रहनु भएको छ । उहांले अहिले नवलपरासी जिल्लाको बर्दघाट–२,चिसापानीमा रहेको दिब्यज्योती बहुमुखि क्याम्पसमा २०५६ सालदेखि प्रध्यापन गराउदै आउनु भएको छ ।

शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु जरुरी छ । देश र संगठनले आशा गरेका सरीता जस्ता हजारौं राजनीतिक कर्मी सरीताहरुलार्ई एक कुशल, सभ्य जिम्मेवार तथा असल राजनीतिज्ञ्य बन्नेतर्फ प्रेरित गरौं । देश अनि नागरीकको भविष्य उज्जल गरौं ।   ✍️ – कृष्ण ढकाल

Leave A Reply

Your email address will not be published.