Jilla Ban Notis

सूर्य ज्योती युवा क्लव द्धारा जेष्ठनागरीक सम्मान तथा साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न् ।

0 38

कृष्ण ढकाल
बर्दघाट,असोज–२५
सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा जेष्ठ नागरीक सम्मान तथा साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न् गरेको छ । क्लवले हिजो बर्दघाट–२ ,चिसापानी चोकमा वृहत कार्यक्रमको आयोजना गरी वडा नम्वर २ का ७ वटै ब्लकहरुका ३५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको थियो ।

सूर्य ज्योती युवा क्लवका अध्यक्ष राम भण्डारीको अध्यक्षता र जेष्ठ नागरीक लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी विषेश अतिथीका रुपमा रहनु भएको थियो भने कार्यक्रममा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,वडाध्यक्ष दया दर्लामी, लगाएतको उपस्थिती रहेको थियो ।

जेष्ठ नागरीक सम्मान तथा साँस्कृतिक साँझ कार्यक्रमको समुदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सूर्य ज्योती युवा क्लव खेलकुद्को क्षेत्रमा मात्रनभै सामाजिक कार्यमा समेत अग्रणी स्थानमा रहेको भन्दै सबैले धन्यवाद प्रकट गरेका थिए । त्यसैगरी उनीहरुले नेपालीहरुको कला र संस्कृतिको संरक्षण गर्दै स्थानियवासीहरुलाई मनोरञ्जन प्रदान गर्न सफल भएको धारण ब्यक्त गरेका थिए ।

साँस्कृतिक साँझ कार्यक्रममा बद्रि पंगेनी ,प्रमोद खरेल ,खेम सेञ्चुरी र शिलु भट्टराईको गायन प्रस्तुती रहेको थियो भने मोडल निक्स शर्मा र स्थानिय नृत्यकारहरुको नृत्य प्रस्तुती लाई कार्यक्रममा समावेस गरीएको थियो । साँझ ५ बजेदेखि शुरु भएको उक्त जेष्ठ नागरीक सम्मान तथा साँस्कृतिक साँझ कार्यक्रम राती ११ बजे सम्म संचालनमा रहेको थियो भने कार्यक्रमको संचालन प्रेम भुजेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.