Jilla Ban Notis

नेपाल पत्रकार महासंघ नवलपरासीद्धारा पत्रकार कल्याणकारी कोष स्थापना ।

0 17

कृष्ण ढकाल

बर्दघाट, भदौ –१७
नेपाल पत्रकार महासंघ नवलपरासीको आज बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार महासंघले पत्रकार कल्याणकारी कोष स्थापना गरेको छ । जिल्लामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुको लागि आईपर्ने समस्याहरुका बेला पत्रकार कल्याणकारी कोषवाट खर्च गर्न सकिने महसुसगरी उक्त कोषको स्थापना गरेको नेपाल पत्रकार महासंघ नवलपरासी शाखा अध्यक्ष हरि शर्माले बताउनु भयो ।

उहांले अहिले परासीमा आएको बाढीका कारण १४ जना पत्रकारहरु समस्यामा परेको महसुस गरेर आगामी दिनमा समस्यामा परेका पत्रकारहरुलाई सहयोग गर्न सकियोस भन्ने हेतुले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो ।

आज बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार पत्रकार कल्याणकारी कोष संञ्चालनका लागी शाखा अध्यक्ष शर्माको संयोजकत्वमा मा पाँच सदस्यीय समिति बनाईएको र कोषमा आजै नै २० हजार रुपैयाँ जम्मा भएको शाखा सचिव राजकुमार रेश्मीले बताउनु भएको छ ।
रेश्मीका अनुसार नवलपरासी जिल्लामा दर्ता रहेर बुटवलवाट प्रकाशन हुदैआएको लुम्बिनी दैनिकको तर्फवाट पत्रकार कल्याणकारी कोषमा १० हजार रुपैया जम्मा भएको छ भनेर पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने र सह–सचिव श्याम बुचा मगरले ५/५ हजार रकम जम्मा गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ नवलपरासीको पत्रकार कल्याणकारी कोषको खाता प्रभु बैंक परासी शाखाको खाता नम्बर ०५००१५१९३९५०००११ रकम जम्मा गर्न सकिने समेत शाखा अध्यक्ष हरि शर्माले बताउनु भयो ।

त्यसैगरी महासंघको आजकै बैठकले तीनै तहका सरकारलाई गम्भिर भएर समस्याको दिर्घकालीन समाधान खोज्न आग्रह पनि गरेको छ भने महासंघले पश्चिम नवलपरासीमा बाढीका कारण मृत्यु भएका परिवारलाई देउराली फाउन्डेसनले उपलब्ध गराएको आर्थिक सहयोग वितरण गर्न सहजिकरण गर्ने पनि निर्णय गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.