Jilla Ban Notis

सरावलका किसानहरुलाई बाख्रा र ५०./.अनुदानमा फलफूलको बिरुवा वितरण ।

0 32

महेश यादव
सरावल,असार –२०

पश्चिम नवलपरासीको सरावलका किसानहरुलाई बाख्रा वितरण गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर ३ पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

संगम बाख्रा पालक कृषक समुहकी अध्यक्ष सोमकान्ति चौधरिको अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरिको प्रमुख अतिथिता तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट अतिथतामा किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट क्षेत्र कार्यक्रमको लागि बाख्रा खोरसुधार , उन्तजातको बोका र पाठि वितरण गरिएको हो । बाख्रा पालक किसानहरुलाई करिब १५ लाख बराबरको बाख्रा वितरण गरिएको पशुसेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिए ।

सरावल गाउँपालिकाले युवाहरुलाई विदेश पलायन हुन नपरोस भनेर कृषि क्षेत्रको विकास गरि स्वदेशमै रोजगारिको सिर्जना गर्न र युवा ,महिलाहरुलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि विभिन्न कृषि कार्यक्रमको आयोजना गरिरहेको बताउदै पटनिका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको पालिका अध्यक्ष राधेश्याम चौधरिले बताए । उनले युवा तथा किसानहरुलाई स्वदेशमै काम गरि आम्दानि गर्न सहज होज र दैनिक जीवन आपन गर्न सहयोग मिलोस भन्ने उदेश्यले बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताएका थिए ।

सो अवस्थामा बोल्दै विशिष्ट अतिथि पौडेलले विदेश जानु भन्दा स्वदेशमै रोजगारि गरौ भन्ने नाराका साथ सरावल गाउँपालिकाले बोकेको उदेश्य लाई सफल पार्न र बाख्रा पालन गरि स्वदेशमै रोजगारि सिर्जना गर्नकालागि पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताए ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भेषनरायण चौधरि , वडामा नम्बर २ का वडा अध्यक्ष शम्भु चौभरि वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगाएतको अतिथिहरुको सहभागी रहेको मा बाख्रा वितरण गरिएको थियो ।

सरावलमा ५०./.अनुदानमा फलफूलको बिरुवा वितरण

 

त्यसैगरी सरावल गाउँपालिकामा फलफूलको विरुवा पनि वितरण गर्ने कार्यक्रम सुरु भएको छ । पालिका भित्रका किसानहरुलाई ५०./. अनुदानमा फलफूलको बिरुवा वितरण कार्यक्रम सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल लगाएतको उपस्थितिमा पालिका भित्रका किसानहरुलाई फलफूलको बिरुवा वितरण कार्यक्रम सुरु गरिएको थियो ।
सोनकाग्दि १३ सय , आप १५सय , लिच्चि १ हजार ,कटहर १ हजार विरुवा गरी करिब ४ लाख बराबरको सुनकाग्दि ,कटहर ,लिच्चि र आपका फलफूलको विरुवा वितरण गरिने कृषि शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.