Jilla Ban Notis

बृक्षारोपण कार्यक्रमको तयारी पुरा ,शुरुगर्न मुख्यमन्त्री शंकर पोखरेल आउने ।

0 46

कृष्ण ढकाल
बर्दघाट,साउन–१४
संरक्षण प्रकृतिको,सुरक्षा सन्ततीको भन्ने मुलनाराका साथ यहि साउन १६ गते बर्दघाटमा हुने बृक्षारोपण कार्यक्रमको तयारी पुरा भएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका संयोजक युबराज डुम्रेले बताउनु भएको छ ।

युवाहरुलाई रचनात्मक र सीर्जनसिल काममा जोड्दै जाने अभियान अन्र्तगत वातावरण र पर्यावरण संरक्षणगर्न निर्वतमान प्रद्यानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष के.पि. ओलीले घोषणा गरेको दुई वर्षमा दुई करोड विरुवा रोप्ने अभियान सफल पार्नका लागि यहि साउन १६ गते बर्दघाटको पारीजात सामुदायिक वन क्ष्ँेत्रमा ५ हजार विरुवा रोप्ने कार्यक्रम तयगरीय अनुसार तयारी पुरा भएको अध्यक्ष डुम्रेले बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीको आयोजनामा हुनलागेको बृहत राष्ट्रिय वृक्षारोपण अभियान अन्र्तगत नवलपरासीमा एकैदिन पाँचहजार बढी विरुवा रोप्ने कार्यक्रमको शुभारम्भका लागि प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थाई कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आउने कार्यक्रम तय भएको अध्यक्ष डुम्रेले बताउनु भएको छ ।

साथमा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल र नेकपा (एमाले) केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज तथा लुम्बिनी प्रदेशका आर्थिक योजना मन्त्री बैजजाथ चौधरीको समेत सहभागिता रहने बताईएको छ ।

बर्दघाटको पारीजात सामुदायिक वन क्ष्ँेत्रमा गरीने वृक्षारोपण कार्यमा हर्राे,बर्राे,अमला लगाएतका विभिन्न प्रजातीका विरुवाहरु रोप्नका लागि जिल्लाका सबै युवाहरुको सक्रिय सहभागिताका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले आवाहन समेत गरेको जिल्ला अध्यक्ष डुम्रेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.