sunwal

बैदेशिक रोजगारीमा जाने कामदारका लागी खोप उपलब्ध गराउन मागगर्दै ज्ञापनपत्र

69

रामु भुसाल
बर्दघाट,साउन–४
बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुका लागी एक पटक मात्र लगाए हुने तथा गन्तब्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ को जोखिम बाट बच्न सकिने खोप आप्रवासी कामदारहरुलाई ब्यवस्था मिलाईदिनका लागी नेपाल सरकारलाई आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

सोमबार मञ्चका जिल्ला सचिव रामु भुषालको नेतृत्वमा मञ्चका पदाधिकारी सहितको टोलीले नेपाल सरकारलाई पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत आप्रवासी कामदारको कोभिड १९ को खोपमा सुनिस्चितताको लागी ज्ञापन पत्र बुझाउदै आग्रह गरेको हो ।

रोजगारीका लागी जादा गन्तब्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सकिने कठिनाईको आवश्यक सहजिकरण गरि नेपाली श्रमिकहरुको अधिकारलाई सुनिस्चित गर्न ज्ञापन पत्र मार्फत मञ्चले आग्रह गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ, नेपाली श्रमिकको मुख्य श्रम गन्तब्य खाडीका कतार, कुवेत, साउदी अरब जस्ता देशहरुले कोभिड १९ विरुद्धको भेरोसेल खोपलाई मान्यता नदिएको अवस्थामा नेपाल सरकारले गत असार २८ गते बैदेशिक रोजगारीमा जानेहरुका लागी भेरोसेल खोप लगाउने गरेको निर्णयले हजारौँ नोपली आप्रवासी कामदारहरुले बैदेशिक रोजगारी गुमाउनुपर्ने अवस्थामा पुगेको र दोस्रो भेरोसेल खोप लगाउन श्रमिकले कम्तिमा एक महिना सम्म कुर्नुपर्ने र खोप कुर्दा बैदेशिक रोजगारी गुम्ने खतरा रहेको हुदा सम्बन्धित देशहरुले मोर्डेना, एस्टजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सन खोप मात्र मान्यता दिएको हुदा बैदेशिक रोजगारीमा जाने कामदारका लागी सम्बन्धित देशले मान्यता दिएका खोपहरु उपलब्ध गराई तत्काल नेपालमा उपलब्ध जोन्सन एण्ड जोन्सनको एक डोज लगाएत पछी श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउने हुदा बैदेशिक रोजगारीमा जाने श्रमिकलाई सो खोप प्राथमिकतामा राख्ने ब्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापा र सचिव रामु भुषालको सयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा गन्तब्य देशहरुमा एकतर्फी रुपमा नेपाली कामदारलाई करार भंग गर्ने, बेतलबी विदामा बस्न बाध्य पार्ने, विभिन्न कारण देखाई कामबाट निष्काशन गर्ने, पुरा तलब सुविधा नदिने, जबरजस्ती श्रममा लगाउने, मापदण्ड भन्दा बढी समय वा जोखिमयुक्त काममा लगाउने विविध समस्यालाई कुटनितिक पहलबाट समस्या समाधान गर्न समेत आग्रह गरिएको छ ।
साथै ज्ञापनपत्रमा आप्रवासी श्रमिकहरुलाई बैदेशिक रोजगारमिा शिलशिलामा आइ परेका समस्यामा उद्धार, स्वदेश फिर्ती तथा पुर्नएकिकरण गराई श्रमिकको अधिकार सरक्षणका लागी पहल गर्न समेत उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले सरकारले प्राथमिकताका आधारमा खोपको ब्यवस्था गरेको हुदा बैदेशिक रोजगारीमा जाने कामदारका लागी आवश्यक पर्ने खोप उपलब्ध गराउन नेपाल सरकार समक्ष ज्ञापनपत्र पुयाईदिने र यसका लागी सक्दो आफुले पहल गर्ने आश्वासन दिनुभयो ।

बैदेशिक रोजगारका क्रममा साउदी अरबले अहिले ४ वटा खोपलाई मात्र मान्यता दिएको छ भने कतारले ५ वटा खोपलाई मान्यता दिएको छ । बैदेशिक रोजगारको क्रममा भेरोसेल खोपलाई कुनै पनि गन्तब्य मुलुकले मान्यता दिएको छैन ।