Jilla Ban Notis

दुईपालिकाका उपाध्यक्षद्धयद्धारा मदनपुरा सिमाक्षेत्रको अनुगमन

0 37

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिका को सिमानामापर्ने पुरानो बस्ति मदनपुरा गाउँका स्थानियवासीहरुसंग दुबै पालिकाका उपाध्यक्षहरु र वडाका जनप्रतिनिधिहरुले छलफल गरेका छन् ।

दुबैपालिकाको सिमानामा रहेको पुरानो वस्तीमा भएका योजना र गर्नु पर्ने काम संगै सिमानाका वारेमा अग्रज स्थानियवासीहरुसंग जानकारी लिने कार्य गरीएको बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले जानकारी दिनु भएको छ ।

त्यसैगरी सो स्थानमा दुवैपालिकाको तर्फ हुन सक्ने र गर्नु पर्ने विकास निमार्णका कामहरुका वारेमा स्थानियसंग छलफल भएको र आगामि बजेटमा समावेस गर्नका लागि पहल गर्ने जानकारी गराएको उप प्रमुख पौडेलले जानकारी गराउनु भएको छ ।

त्यसैगरी दुबै पालिकाको समन्वयमा मदनपुरा क्ष्ँेत्रको आवश्यक बिकास गर्न जरुरी रहेका कारण दुवै पालिकावाट संयुक्त रुपमा अफुहरुले अनुगमन गरेकोको सरावल गाउँपालिका की उपाध्यक्ष उत्तमा रायले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.