Bardaghat Na pa

मन्त्री हृदयेश त्रिपाठीद्धारा सुनवलको कोभिड–१९ अस्थायी अस्पतालको निरिक्षण

31

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२१
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सुनवल नगरपालिकाले संचालन गरेको कोभिड–१९ अस्थायी अस्पतालको आज निरिक्षण गर्नु भएको छ ।
नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सरोकारवालाहरुको टोली मन्त्री त्रिपाठीसंगै सुनवल नगरपालिकाले संचालन गरेको कोभिड–१९ अस्थायी अस्पतालको अनुभगन तथा निरीक्षणमा गएको थियो ।
सो अवसरमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले नगरले संचालन गरेको कोभिड–१९ अस्थायी अस्पतालका वारेमा मन्त्री त्रिपाठीलाई जानकारी गराउनु भएको थियो । उहांले चौविसै घण्टा निःशुल्क एम्बुलेन्स र चिकित्सक सहितको मेडिकल टिम नगरवासीको सेवामा तयार राखिएको समेत जानकारी गराउनु भएको सुनवल नगर उप–प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ ।
उहांले सुनवल नगरमा कोभिडको अवस्था र नगरपालिकाले गरेका प्रयासका वारेमा जानकारी गराउनु भएको नगर उप–प्रमुख अर्यालले जानकारी दिनु भएको छ ।


नवलपरासी पश्चिममा रहेका सातवटा स्थानिय तहहरुले संचालन गरेका कोभिड–१९,आईसोलेसनहरु मध्ये सुनवल नगरपालिकाले निर्माण गरेको आईसोलेसन जिल्लामा नै सर्बाेउत्कृष्ट रहेको निरीक्षणका क्रममा जानकारी गराईएको थियो ।

सुनवल नगरपालिकाले संचालन गरेको आइसोलेशनमा बिभिन्न सामाजिक तथा ब्यवसायिक संघ संस्थाहरुले निक्कै सहयोग गरेका छन् ।