Bardaghat Na pa

बर्दघाट बजारक्षेत्रमा रहेको डाँडाटोल जाने नव निर्मित वाटोको समु्द्घाटन

46

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१२
बर्दघाट नगरपालिका वडा नम्वर–४ ,बर्दघाट बजारक्षेत्रमा रहेको डाँडाटोल जाने नव निर्मित वाटोको आज समु्द्घाटन गरीएको छ । राजमार्ग देखि उत्तर ब्रहमा कुमारी हुदै ऋषि गौतमको घर सम्म पुग्ने वाटोको नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको हो ।
अहिले सम्म वाटोको उचित निकास नरहेको स्थानमा स्थानियवासीहरुको सहयोगमा १५ फूट चौडाई बाटो कायमगरी करिब ३ सय मिटर वाटो पि.पि.सि ढलानगरी सम्पन्न गरेसंगै वाटोको समुद्घाटन गरीएको थियो ।
बर्दघाट नगरपालिकाको १९ लाख ५० हजार र स्थानियवासीको ८ लाख ३८ हजार २ सय १५ रुपैया अर्थात २७ लाख ८८ हजार २ सय १५ रुपैयाको लागतमा उक्त वाटो पि.पि.सि ढलान गरीएको हो ।


ऊ शान्ति पथ बाटो निमार्ण उपभोक्ता समितिका अध्यक्ष कमला बस्यालको अध्यक्षतामा भएको उक्त बाटो समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, नगरकार्यपालिका सदस्य लुकुडी चमार,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्याल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन समाज सेवी ईन्द्र सापकोटाले गर्नु भएको थियो ।