Jilla Ban Notis

रामग्राम –१४ प्रसावलमा प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु

0 67

परासी,५ बैशाख

रामग्राम नगरपालिका वडा नम्बर १४ प्रसावल मा प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । आजदेखि शुरुभएको उक्त प्रतियोगिता बैशाख ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १४ प्रसावल स्थित हडाहिया माई मन्दिरको खेल मैदानमा संचालन भैरहेको उक्त प्रतियोगितामा १४ समुहले भागलिएको आयोजक संस्थाका अध्यक्ष लाल बहादुर चौधरीले बताउनु भएको छ ।
हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्ष्यता तथा रामग्राम नगरपालिकाकी नगर उपप्रमुख रम्भा कुवँरको प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताको समुद्घाटन गरीएको थियो ।

भलिबल प्रतियोगिताको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँरले खेलाडी राष्ट्रको गहना भएके बताउदै खेलाडी र खेल दुबैको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
उहांले खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउनु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी
खेलले अनुशासन हुन सहयोग पुर्याउने भएकाले खेल अनुशासित मर्यादित हिसाबले ब्यवसायिक रुपमा खेल्नेबानीको बिकास गर्नु पर्ने बताउनु भएको थियो । उहांले खेलकुद प्रोत्साहनका लागि स्थानिय तह र आफुबाट हुने सहयोग र साथ सर्धै रहने प्रतिब्धता समेत जाहेर गर्नु भएके थियो।

हडाहिया माई खेलकुद समितिद्धारा आयोजित खेलकुद हडाहिया माई खेलकुदमा रामग्राम नगरपालिका वडा नः १४ का अध्यक्ष पारस नाथ चौधरी, कार्यपालिका सदस्य चन्द्र कुमारी न्यौपन्ने , सामाजसेबि प्रकाश यादव , रमेश पासी,सामाजसेबि भिमदेव भट्टराई , गंगानाथ कवँर नाथ थारुको लगाएतको उपस्थिीत रहेको थियो ।

प्रतियोगिताको प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद , दृतिय हुनेलाई १० हजार नगद र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने आयोजकले बताएको छ। उत्कृष्ट खेलाडीले मेड्ल तथा प्रामण पत्र प्रदान गरीने आयोजकले जनाएके छ ।

Leave A Reply

Your email address will not be published.