Holi care school

पल्हिनन्दन गाउँपालिकाद्धारा आग्लागी पिडितहरुका लागि सहयोग प्रदान

69

कृष्ण ढकाल
बर्दघाट,बैशाख–५

गहुंको नलमा आगो लगाउने क्रममा नवलपरासीको पल्हिनन्दनका ५ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । पल्हिनन्दन गाउपालिका वडा नम्वर ३ परसियाको दलित वस्तीमा आग्लागि हुदां ५ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन ।

आग्लागिवाट ईश्वर हरिजन ,रोम हरिजन ,रामनिवास हरिजन,सोमई हरिजन र रोगी हरिजनको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । शनिवार ५ः३० बजेको समयमा भएको आग्लागी पिडितहरुका लागि हिजो नै पल्हिनन्दन गाउंपालिका अध्यक्ष दिपक गुप्ताको टोली घट्ना स्थलमा पुगेर पिडितहरुका लागि तत्काल लत्ता कपडा,खाद्यान्न् लगाएतका सम्पूर्ण दैनिक आवश्यक सामाग्रीहरु सहयोग गर्नु भएको थियो ।