Jilla Ban Notis

प्रर्थम सूर्यज्योती कप–२०७७ को वडास्तरीय फुटबल प्रतियोगीतामा सेमीफाईनल चल्दै

0 24

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३
सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीको आयोजनामा संचानल भैरहेको प्रर्थम सूर्य ज्योती कप– २०७७ को वडा स्तरीय फुटबल प्रतियोगीता मा आज देखि पहिलो सेमी फाईनल खेल शुरु भएको छ ।

पहिलो सेमी फाईनल खेल वडा न १२ को नेपाल किसान युथ क्लब दबिल्ला र वडा न ११ मौराहटाडी विच भएको थियो । आजको खेलमा वडा न १२ विजयी हुन सफल भएको छ ।
बर्दघाट–२ चिसापानीको खेलमैदानमा संचालन भैरहेको उक्त प्रतियोगितामा खेलको २० औ मिनेटमा बर्दघाट ११ मौराहटाडीका जर्सी न ७ का पुर्ण चौधरी पहिलो गोल गर्न सफल भएका थिए तर खेल अवधिभर अरु थप गोल वडा नं. ११ वाट कसैले पनि गर्न सकेनन ्।

उता वडा न १२ को नेपाल किसान युथ क्लब दबिल्लाका ३५ औ मिनटमा जर्सी न १२ का खेलाडी एलिनले दोस्रो गोल र जर्सी न १४ का सङगम केसीले दोस्रो हाफको ७औ मिनेटमा तेस्रो गोल गरे भने खेलको ४५ मिनेटमा पुनः बर्दघाट १२ दबिल्लाकै जर्सी न १५ का खेलाडी अभिशेक शाहीले थप गोल गर्दे विजयी हुन सफल भएका थिए ।

शनिवारको मेन अफ द म्याच बर्दघाट १२ कै खेलाडी जर्सी न २ ले प्राप्त गरेको थियो । बैषाख ४ गते आईतवारको खेल दोस्रो सेमीफाईनल अन्र्तगत बर्दघाट १ माकर र बर्दघाट १४ गङ्गाबस्ती विच हुने आयोजकले जनाएको छ ।

छ । भोली अर्थात चैत्र २१ गते दिउंसो २ बजेवाट शुरु हुने प्रर्थम सूर्य ज्योती कप–२०७७ वडा स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर –२ को संरक्षकत्वमा संचालन भैरहेको उक्त प्रर्थम सूर्य ज्योती कप–२०७७ मा बर्दघाट नगरका १६ वडावाट १६ टिमले प्रतिष्प्रद्र्या गरीरहेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद,सिल,मेडल तथा प्रमाण पत्र र उप विजेता टिमलाई ३३ हजार ३ सय ३३ रुपैया नगद,सिल,मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजक संस्था सूर्य ज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

चैत्र २१ गतेवाट शुरु भएको प्रर्थम सूर्य ज्योती कप–२०७७ वडा स्तरीय फुटबल प्रतियोगिता बैशाख ६ गते सम्म संचालन हुने छ । चिसापानी क्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको सूर्य ज्योती युवा क्लव २०३४ साल देखि फुटबल खेल तथा प्रतियोगितामा जिल्लामा नै आफ्नो पहिचान बनाउन सफल रहेको नमुना क्लवका रुपमा परिचत रहेको छ ।

Leave A Reply

Your email address will not be published.