Jilla Ban Notis

संघियताकै कारण ग्रामिण तहमा विकासले गति लियो ः नगर प्रमुख गुप्ता

0 28

कृष्ण ढकाल
बर्दघाट,चैत्र–५
संघियताकै कारण ग्रामिण तहमा विकासले गति लिएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । आज नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले परासीमा आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि एवं जनप्रतिनिधि विच अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले उक्त कुरा बताउनु भएको हो । उहांले अहिले संघियतापछि बनेका स्थानिय ,प्रदेश तथा संघिय सरकारका कारण ग्रामिण तहमा विकासले गतीलिएको उहांले बताउनु भयो ।
त्यसैगरी नगर प्रमुख गुप्ताले नवलपरासी जिल्लाको सदरमुकाम जस्तो स्थानमा राम्रो र ठूलो कुनै सभाहल नभएका कारण अब नगरपालिकाले नै सिटिहल निर्माण गर्ने योजना अघि सारेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नगर उप प्रमुख रम्भाकुवंरले नगरक्षेत्रमा भएगरेका विकास निमार्णका कामहरु निकै तिव्रगतिमा भएको र त्यसको अनुगमनकार्यलाई पनि नगरपालिकाले निक्कै महत्वका साथ गर्ने गरेको बताउनु भयो । उहांले नगरपालिकाको न्यायिक समितिले गरेका न्याय सम्पादनका कार्यहरुका वारेमा जानकारी गराउनु भएको थियो ।त्यसैगरी नगरपालिकाले सार्वजनिक सुनुवाईगरी अहिले सम्म नगरपालिकाले गरेका कार्यहरुलाई सबै नगरवासीहरु समक्ष जानकारी दिने र सुझाव संकलन गर्ने कार्यमा नगरपालिका लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखा अध्यक्ष हरि शर्माको अध्यक्षता र सचिव राजु रश्मीको संचालनमा भएको कार्यक्रममा रामग्राम नगरपालिकाका सबैजसो वडाका वडाध्यक्षहरुले अहिले सम्म आफ्नो वडाले गरेका कार्यहरुका वारेमाा जानकारी गराएका थिए भने सहभागि पत्रकारहरुले उनीहरुका कार्य सम्पादन र योजनाहरुका वारेमा आफन्ना जिज्ञासाहरु राखेका थिए ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजीत पत्रकार क्षमता अभिवृद्धि एवं जनप्रतिनिधि विच अन्तरक्रिया कार्यक्रम रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न् भएको हो ।

Leave A Reply

Your email address will not be published.