उमेश बि.क
सरावल , फाल्गुन ९
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसौलिमा प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ।
सरावल खेलकुद संस्थाको आयोजना तथा प्रतिष्ठान विकास युवा खेलकुद संस्थाको सहआयोजनामा शनिबार कोहेनुर अलि अन्सारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता सुरु गरिएको हो।
प्रतियोगितालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक छ । यसले संगठित गर्नुको साथै आत्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलो मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासको तुलनामा एउटा बिकास हो। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छौँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणको लागि बजेट बिनियोजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगितामा वडा नं। ६ को वडा अध्यक्ष कैलास यादव,समाजसेवी बिनोद पाण्डेय ,समाजसेवी हरि यादव,समाजसेवी गजानन्द पटेल ,सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चौधरी, दिपक क्षेत्री, पत्रकार उमेश बि।क,लक्ष्मिकान्त चौधरी,रियाज खान,गोबरि यादव ,इन्द्रकमल यादव लगाएको सहभागीता रहेको थियो।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार मेडल कप, दोस्रोहुनेलाई नगद २० हजार मेडल कप ,म्यान अफ द टुनामेन्ट हुनेलाई कप मेडल दिइने आयोजकले जानकारी दिइएको छ। प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगितामा करिब ५० ओटा कृकेट समुहको सहभागीता रहने आयोजकले बताएको छ।