Bardaghat Na pa

सामुदायिक रेडियो दाउन्नेद्धारा बालबालिकाहरुलाई झोला वितरण

124

बर्दघाट,फागुन–६
दाउन्ने सुचना तथा सहकारी संस्था लिमिटेड द्धारा सञ्चालित साुमदायिक रेडियो दाउन्ने ले आफ्नो १० औ बार्षिक उत्सव विहिबार सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसर पारेर रेडियोले त्रिभुवन मा.वी प्रतापपुर ९ बेलाटारीमा अध्ययनरत सुस्त श्रवण शक्ति भएका बालबालिकाहरुलाई झोला बितरण गरेको हो ।
सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता एवं प्रतापपुर गाउपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष हेमेन्द्र कुमार पंजियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पंजियारले सामुदायिक रेडियो दाउन्नेले समाजमा दबिएका आवाजहरुलाई बाहिर ल्याउने र समाजका हरेक गतिविधिलाई सुचना प्रवाह गरी सचेतना फैलाउने कार्यका साथमा आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत बिध्यालयका बालबालिकालाई सहयोग गरेको प्रती धन्यवाद ज्ञापन गनु भएको थियो । उहांले आगामी दिनमा समेत यस्ता कार्यको निरन्तरता दिन आुरोध गर्नुभयो ।


सो अवसरमा प्रतापपुर गाउपालिका शिक्षा शाखा प्रमुख यादव चन्द्र बिष्ट, बिध्यालयका प्रअ नारद ठाकुर, शिक्षक अभिभावक संघका अध्यक्ष काशिनाथ हरिजन, रेडियोका सल्लाहकार संयोजक नारायण पाण्डे लगायतले मनतव्य राख्नु भएको थियो ।
रेडियोका कार्यसमिति पदाधिकारी, सल्लाहकार, बिध्यालयका शिक्षक शिक्षिका, अभिभावक, बिध्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रममा रेडियोका उपाध्यक्ष ईन्द्र गुरुङको स्वागत मनतव्य रहेको थियो भने कार्यक्रमको संचालन रेडियोका कार्यकारी निर्देशक रामजी लौडारीले गर्नु भएको थियो ।