kalika

सुनवलको सोमनाथ बाबा माबि कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरीयो ।

104

कृष्ण ढकाल
बर्दघाट,माघ–२३
नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा रहेको सोमनाथ बाबा माबि कक्षा ११ का बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच कक्ष्ाँ १२ का विद्यार्थीहरुले स्वागत गरेका छन्।

कक्षा १२ की बिद्यार्थी अजिता न्यौपानेको अध्यक्षता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
रीमा न्यौपानेको स्वागत मन्तब्यवाट शुरु भएको उक्त स्वागत कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य थीरलाल शर्मा,शिक्षक खगराज उपाध्याय,प्रद्यानाध्यापक रेश्मी राज बस्याल विद्यार्थीत्रिमोती वि.क. लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।