sunwal

मुख्यमन्त्रि गुरुङ्गद्धारा त्रिवेणी–दुम्किबास गजेन्द्रमोक्षय जनता मार्गको स्थलगत निरिक्षण

40

कृष्ण ढकाल
बर्दघाट,माघ–१९
गण्डकी प्रदेशले भारतसंग जोड्नका लागि निर्माण गर्न लागेको त्रिवेणी–दुम्किबास गजेन्द्रमोक्षय जनता मार्गको आज मुख्य मन्त्रि पृथ्वि सुव्बागुरुङले स्थलगत निरिक्षण तथा अवलोकन गर्नुभएको छ ।
पुर्वि नवलपरासीको विनयि त्रिवेणि गाउंपालिका वडा नम्बर ६ देखि दुम्किवास सम्म जोड्ने निर्माणाधिन त्रिवेणि दुम्किबास गजेन्द्रमोक्षय जनता मार्गको निरीक्षणका क्रममा मन्त्री गुरुङ्गले त्रिवेणी क्षेत्रमा स्थानियवासीहरुसंग समेत जानकारी लिनु भएको थियो ।

स्थलगत निरिक्षण अघि मुख्य मन्त्री गुरुङ्गले नेकपा मध्यविन्दु नगरकमिटीले अरुणखोलामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष पद नपाएको झोकमा माधवकुमार नेपाल प्रचण्डको पछि लागेको बताउनुभएको छ । उहांले विधिको कुरा गर्ने नेपालले आफै अध्यक्ष पदको लागि महाधिवेशन सम्म कुर्न नसकेको धारणा राख्नु भएको थियो।

नेपाली कम्युनिस्ट आन्दोलनका मोहन बिक्रम सिंह, मोहन बैद्य सहित बाबुराम भट्टराई सम्मले एक्लो बनाएका प्रचण्डलाई विश्वास गर्न नहुने भन्दै केपी ओलि नेतृत्वको नेकपा नै आधिकारिक र सुर्य चिन्ह आफुहरुको भएको बताउनु भयो । नेकपाबाट अवसरवादी नेताहरु पलायन भएको भन्दै उनिहरु बाहिरिदा नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै क्षति नहुने उहाँको भनाइ छ । भारतीय नाकाबन्दी देखि लिपुलेक, कालापानी समेटेर नक्सा जारी गरेपछि नेपाल र प्रचण्डले निउ खोज्न थालेको बताउनुभयो ।
आज नेकपा मध्यविन्दु नगर कमिटीले मध्यविन्दु–१० को अरुणखोलामा अगुवा पार्टी कार्यकर्ता भेला आयोजना गरेको थियो ।