Sarawal sit lahar Notis

प्रचण्ड–नेपाल समुहको जिल्ला स्तरीय बिस्तारित पुर्ण बैठक आज बर्दघाटमा सम्पन्न् ।

0 30

कृष्ण ढकाल
बर्दघाट,माघ–२
नेपाल कम्युनीष्ट पार्टी (ने क पा) प्रचण्ड–नेपाल समुह बर्दघाट सुस्ता पश्चीम नवलपरासीको बीस्तारित पुर्ण बैठक आज सम्पन्न् भएको छ । बर्दघाटमा भयको बैठक ले केन्द्रमा भएको पार्टीको निर्यण अनुसार दोस्रो चरणका आन्दोलनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको पार्टिका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजातले जानकारी दिनु भएको छ ।

त्यसैगरी माघ १५ गते बुटवलमा हुने पार्टीको भेलामा सम्वोधन गर्न पार्टीका अध्यक्ष द्धय पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपाल आउने भएकाले त्यसलाई सफल पार्ने र तव सम्म जिल्लाका सबै पालिकाहरुमा बैठक तथा भेला सम्पन्न् गर्ने निर्णय गरीएको ने क पा प्रचण्ड–नेपाल समुहकी नेतृ सिमा गिरीले जानकारी दिनु भएको छ ।

आज बर्दघाटको हिमालयन होटलमा भएको जिल्लाको बिस्तारित पुर्ण बैठकमा लुम्बीनी प्रदेश ईन्चार्ज तथा स्थाई कमिटि सदस्य युवराज ज्ञवालि ,स्थाई कमीटी सदस्य चक्रपाणी खनाल बलदेव र प्रदेश कमिटि अध्यक्ष ओनसरि घर्ति लगाएतका नेताहरुको उपस्थिती रहेको बताईएको छ ।

ने क पाका जिल्ला अध्यक्ष भबिश्वर तिवारि आजातको अध्यक्षता र जिल्ला सचिवालय सदस्य पुण्य प्रसाद पौडेलको संचालनमा सम्पन्न् बिस्तारित बैठकमा बोल्ने नेताहरुले अहिले पार्टी र संसद विघटनका वारेमा मात्र केन्द्रीत रहेर आफ्ना भनाईहरु राखेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.