Jilla Ban Notis

लुम्बिनी बौद्ध विश्व विद्यालयद्धारा बर्दघाटमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न् ।

0 32

कृष्ण ढकाल
बर्दघाट,पुष–२९
लुम्बिनी बौद्ध विश्व विद्यालयले आज बर्दघाटमा शैक्षिक अन्तरक्रियाकार्यक्रम सम्पन्न् गरेको छ । दिब्य ज्योती बहुमुखी क्याम्पस चिसापानीको ब्यवस्थापन र लुम्बिनी बौद्ध विश्व विद्यालयको आयोजनामा क्याम्पसको सभाहलमा भएको शैक्षिक परिचयात्मक कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका पदाधीकारीहरु,प्रध्यापक,विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उप–कुलपति प्रध्यापक डाक्टर ह्ृदय रत्न बज्राचार्यको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो । 

कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका डिन उकेशराज भुजुले बौद्ध विश्व विद्यालयले संचालन गरेका पाठ्यक्रम र तहगत विषयहरुको वारेमा जानकारी गराउनु भएको थियो । बौद्ध विश्व विद्यालयले बुद्धसंग सम्वन्धित रहेर पाठ्यक्रम तयार गरेको बताउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकाको वडा नं. १२ मा रहेको बुद्ध मंगलताल बुद्धसंग सम्वन्धित रहेकाले त्यसको खोज अनुसन्धान गर्न जरुरी रहेकामा जोड दिनु भएको थियो । उहांले सोक्षेत्र बुद्धकालिन समयमा हल्दीनगरका रुपमा रहेको भन्ने अध्ययनका क्रममा भेटिएकाले सोक्षेत्रको खोज अनुसन्धान गर्न जरुरी रहेको बताउनु भएको थियो ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उप–कुलपति प्रध्यापक डाक्टर ह्ृदय रत्न बज्राचार्यले फेकल्टी अनुसारका बौद्धसंग सम्वन्धित विषयमा अध्ययन गर्नपाईने भएकाले बौद्ध विश्व विद्यालयमा अध्ययनका लागि आउन आग्रह गर्नु भएको थियो । उहांले अध्ययनका लागि खर्च अलिखर्चीलो भएपनि त्यसको ब्यवस्थापन प्रदेश सरकार,पालिका र अन्य सहयोगीहरुसंग सहकार्य गरेर पनि अध्ययन गर्न सकिने प्रसस्त संभावनाहरु रहेको बताउनु भएको थियो । कार्यक्रममा सहभाागिहरुले अध्ययनका लागि समय र अध्ययन गर्ने तौर तरीकाका वारेमा जिज्ञासा राखेका थिए भने त्यसको जवाफमा स्वअध्ययन,भौतिक कक्षा ,वैकल्पीक कक्षा र अनलाईन कक्षा जस्ता विधिहरु अपनाउन सकिने जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.