Jilla Ban Notis

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई ज्ञापन पत्र

0 17

श्याम थापा

सुस्ता १२ मंसिर

नेपाली काङ्ग्रेस क्षेत्र न १ पश्चिम नवलपरासीले विभिन्न ३ वुधेमाग राख्दै लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापन पत्र बुझाएका छ्न ।

नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको नेतृत्वमा गएको टोलिले लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्रीको कार्यालयमा गएर उखु बाली बिक्री वितरणमा सहज वातावरण बनाई दिन आग्रह गरेको छ । किसानले मिललाई दिएको उखुको बक्यौता रकम तत्काल भुक्तानी,नेपाली केराको बजार ब्यवस्थापन र जन्मकाअधारमा नेपाली नागरिक्ता लिएका ब्यक्तिहरुको सन्तानलाई नेपाली नागरिक्ता पाउने ब्यवस्था मिलाईदिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

मुख्यमन्त्री पोख्रेललाई ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य देवकरण कलवार सन्तुको नेतृत्वमा टोली बुटवल पुगेको थियो । नेता कलवारको अनुसार आफ्नो क्षेत्र उखु र केराको बालीमा पकेट क्षेत्र रहेको र उखु बालीलाई नगदेवालीको रूपमा भनिएता पनि यस बर्ष नेपाल सरकारले उखुको मुल्य निर्धारण नगरेको कारण किसानले सहज वातावरणमा चिनी मिललाई उखु बिक्री गर्न नसकेको र गत बर्ष चिनी मिललाई किसानहरुले दिएको उखुको मिलले भुक्तानी समेत नदिएपछि किसानहरु थप समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै नेपाली केराको बजार ब्यवस्थापन नरहेको र भारतीय केरा अत्याधिक नेपाल भित्रिएको कारणले गर्दा नेपाली केरा किसानहरु मर्कामा पर्ने र केराखेतीबाट पनि नेपाली किसानहरुमा निराशा छाउन सक्ने हुदा लुम्बिनी प्रदेश सरकारबाट यस समस्याको समाधान तत्काल गरिदिनको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई अनुरोध गरीएकाो कलवारले बताउनु भयो ।

मुख्यमन्त्री पोख्रेलले ३ बुदे माग मध्येमा जन्मको आधारका नेपाली नागरिकका सन्तानलाई तत्काल नागरिकता दिन नसकिने आफ्नो धारणा व्यक्त गरेको नेता कलावारले बताउनु भयो । कलवारसंगै उखु उत्पादक कृषक संघ लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादव लगाएका ब्यक्तिहरु मुख्य मन्त्री समक्ष गएका थिए ।

Leave A Reply

Your email address will not be published.