Sarawal sit lahar Notis

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ज्ञापन पत्र ।

0 118

गौरीशंकर जयसवाल
परासी,कार्तिक–२५
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र नं. १ नवलपरासीले आज प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ज्ञापन पत्र बुझाएको छ ।
निर्वाचन क्षेत्र नं. १ का उखु किसानहरु र केरा किसानहरुको समस्या प्रति सरकार उदासिन रहेको भन्दै तत्काल किसानहरुको समस्या समाधान गर्न पहल गर्नका लागि भन्दै क्षेत्रीय सभापति मुकुल आर्चाय सहतिको टोलीले प्रमुख जिल्ला अधिकारी पाठकलाई ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउने क्रममा निर्वाचन क्षेत्र नं. २ नवलपरासी का नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति नरेन्द्र कुमार गुप्ता लगाएतको सहभाागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.