Jilla Ban Notis

बर्दघाट–४ मर्चाघोला टोलमा कोभिड रोकथाम एवं सरसफाइ जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न् ।

0 53

माधब घिमिरे
बर्दघाट,असोज –२४
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट अन्र्तगतको खानेपानी सुरक्षा योजना समितिले आज बर्दघाट–४ मर्चाघोला टोलमा कोभिड रोकथाम एवं सरसफाइ जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका उपाध्यक्ष एवं सुरक्षा योजना संयोजक दिपक लम्सालको अध्यक्षता र सस्थाका अध्यक्ष धातानन्द बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रमको संचालन सचिव धन बहादुर गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बस्यालले समुदायलाई सचेत गर्नका लागि संस्थाले एउटा प्रयास गरेको बताउदै सबै आफै नै सचेत हुन जरुरी रहेको बताउनु भयो । उहांले संस्थाले गरीवहरुका लागि पनि सहुलिएतमा शुद्ध खानेपानी प्रदान गर्न संस्था लागेको बताउनु भएको थियो ।

त्यसैगरी सस्थाका उपाध्यक्ष तथा सुरक्षा समिति संयोजक दिपक लम्सालले सरसफाई देखि कोभिड–१९ को रोकथाम सचेतनाका वारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी कार्यक्रममा पारिजात सामुदायिक वन समुहका अध्यक्ष चुडामणी भण्डारी,संस्थाका ब्यवस्थापक विष्णु भुसाल,पत्रकार नारायण भन्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा हात धुन सिकाउनुका साथै मर्चाघोला टोल बिकास सस्थालार्इ सरसफार्इका लागि केहिसामानहरु समेत हस्तान्त्रण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.