sunwal

सगरमाथा युवा क्लबले गर्यो विपन्न परिवारलाई राहत बितरण

159

उमेश बि.क

सरावल ,२७ भदौ
कोरोना संक्रमणको महामारी बढ्दै गएपछी जनजिवन कष्टकर बन्दै गइरहेको समयमा नवलपरासीको सगरमाथा युवा क्लबले विपन्न परिवारलाई राहत बितरण गरेको छ।  विश्वभरी महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण सबै क्षेत्रमा असर पुर्याएको भन्दै सरावल(१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गरि खानाको जोहो गर्ने, गरिब परिवारलाई राहत प्याकेज सगरमाथा युवा क्लबले प्रदान गरेको छ ।
सरावल १, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गर्नेलाई चामल २० किलो ,तेल २।५ लिटर ,आलु ५ किलो ,दाल ३ किलो ,स्वाबिन १ किलो ,सरफ १किलो,साबुन ६ पिस र गहुँको आटा ५ किलोको दरले २१ घरपरिवारलाई प्रदान गरिएको समाजिक अभियान्ता निर्दोष बस्यालले जानकारी दिनुभएको छ।  सगरमाथा युवा क्लब सरावल १, नयाँटोलका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा संस्थाका पुर्व सचिव सेसकान्त भुषाल ,किष्ण प्रसाद भण्डारी ,पुर्व कोषाध्यक्ष जगरनाथ भुषाल ,सचिव भिम भन्डारी ,भुपेन्द्र भट्टराई ,युनिक योद्धा ,सुभाखर भण्डारी लगाएतको सहभागीता रहेको थियो ।