sunwal

योङ्ग गोर्खाली क्लवद्धारा पब्लीक स्पिकिङ्ग ट्रेनिङ्ग प्रदान ।

167

बर्दघाट,श्रावण–१०
योङ्ग गोर्खाली क्लव सुनवल–१२ भुमहिको आयोजनामा आज एक दिवसिय पब्लीक स्पिकिङ्ग ट्रेनिङ्ग सम्पन्न् भएको छ । स्थानिय युवाहरुको सहभागिता रहेको सो ट्रेनिङ्गमा त्रिविका सहायक प्रध्यापक फूल प्रसाद सुवेदीले ट्रेनिङ्ग दिनु भएको आयोजक क्लवका विशाल पौडेलले जानकारी दिनु भएको छ ।

आफ्नो गाउठांउमा हुने कुनै पनि कार्यक्रमहरुमा सहजैसंग आफ्ना भनाईहरु आम मानिसहरु विच राख्न सक्ने सिप अहिले आवश्यकता रहेकाले योङ्ग गोर्खाली क्लव सुनवल–१२ भुमहिले उक्त एक दिवसिय पब्लीक स्पिकिङ्ग ट्रेनिङ्ग आयोजना गरेको पौडेलले बताउनु भयो ।