sunwal

अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मालसमान प्रहरीले नियन्त्रणमा लियो ।

23

सहबान अन्सारी
प्रतापपुर,श्रावण–५
नवलपरासीको बिभिन्न ठाँउबाट १ लाख ५८ हजार ४ सय ८० रुपया बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती प्रतापपुर गाउँपालिका वडा नं। ३ मा भारतबाट नेपाल अबैधरुपमा ल्याउदै गर्दा १५ हजार बराबरको बोईलर कुखुरा ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ ।
यसैगरि सोमवार प्रतापपुर गाउँपालिका वडा नं। ४ भैरवपुरमा नेपालबाट भारत तर्फ लग्दै गरेको करिब २४ हजार बराबरको ६ बोरा मटर ९ केराउ० प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो । त्यस्तै रामग्राम नगरपालिका वडा नं।४ बैरिहवामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको ३४ हजार ८ सय बराबरको कपडा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । त्यसैगरि पाल्हिनन्दन गाउँपालिका वडा नं १ रमपुरवामा अबैधरुपमा ल्याउदै गरेको करिब ८४ हजार ६ सय ८० बराबरको बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा हो । बरामद गरिएको कुखुरा पशु क्वारेन्टाईन महेशपुर र अन्य सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए।